logo

एमाले वीरगञ्ज महानगर कमिटीको दोस्रो बैठक सम्पन्न, संगठन सुदृढीकरणमा व्यापक जोड

 इसीमाना सम्वाददाता     २०८२ जेठ ३१ गते ०६: ०३ मा प्रकाशित     1034   पटक पढिएको

वीरगञ्ज, । नेकपा (एमाले) वीरगञ्ज महानगर कमिटीको दोस्रो पूर्ण बैठक शनिबार वीरगञ्जस्थित रोयल पार्टी प्यालेसमा सम्पन्न भएको छ।

 

बैठकले पार्टी संगठनलाई सुदृढ गर्दै आगामी स्थानीय र राष्ट्रिय राजनीतिक परिदृश्यमा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न दीर्घकालीन योजना तथा कार्यदिशा तय गरेको छ।

कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकले नगरभित्र रहेका ३२ वटै वडामा कमिटी विस्तार र पुनर्गठनका लागि विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

 

त्यसका लागि वडा–वडा पुगेर संगठनात्मक गृहकार्य अगाडि बढाइने र साउन–भदौभित्र सबै वडाको वडा अधिवेशन सम्पन्न गरिने रणनीति तय गरिएको छ।


पार्टीको सांगठनिक कामलाई चुस्त बनाउन नगर क्षेत्रलाई ८ वटा इलाकामा विभाजन गरी इलाका संयोजकहरू नियुक्त गरिने निर्णय गरिएको छ। साथै, युवा, महिला, मजदुर, पेशागत, आदिवासीरजनजाति, मुस्लिम लगायत जनवर्गीय संगठनहरूको नगर कमिटी गठन र पुनर्गठन गरिने भएको छ।

 

 बैठकले संगठनको आर्थिक सुदृढीकरणका लागि महिनावारी लेभी प्रणाली लागू गर्ने निर्णय लिएको छ। महानगर कमिटी अध्यक्ष शर्मा सहित पदाधिकारी तथा सदस्यहरूले स्वेच्छिक योगदान गर्दै आर्थिक पारदर्शितामा दृढ संकल्प व्यक्त गरेका छन्।


बैठकमा पार्टीका महानगर इन्चार्ज बिचारी यादवले संगठन विस्तार नै प्राथमिकता भएको बताए  । उनले  पार्टीलाई जनताको दुःख सुखमा जोड्न सक्ने गरि कमिटीलाई क्रियाशिल बनाउन अपिल गरे ।

 

 पूर्व मेयर तथा पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य विजय सरावगीले पार्टीलाई जनताको वीचमा स्थापित गर्नकालागि जनसरोकारका बिषयमा एमालेले अगुवाई गर्नु पर्ने बताए ।

 

 प्रदेशसभा सदस्य बिना शर्मा, पूर्व नगर अध्यक्ष राजेन्द्र यादव, नेतृ रञ्जु फुयाल लगायत नेताहरूले संगठन सुदृढीकरणमा जोड दिएका थिए।

पार्टीका युवा नेता जलन्धर पटेल र राकेश साहले कार्यसम्पादनमा नवप्रवर्तन, युवापुस्ताको सहभागिता र संगठनको डिजिटल सशक्तीकरणका विषयमा सुझावसहित धारणा राखेका थिए।

३२ वटै वडाका कार्यसमिति सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको बैठकको सहजीकरण नगर सचिव लियाकत अलीले गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.