logo

वीरगंज महानगरले छुट्टी बढायो, अव असार ६ मा बिद्यालयले खुल्ने

 इसीमाना सम्बाददाता     २०८२ जेठ ३१ गते ०६: १३ मा प्रकाशित     612   पटक पढिएको

वीरगन्ज । वीरगंज महानगरपालिकाले बिद्यालयको छुट्टी बढाएको छ । यस अघि महानगरपालिका शिक्षा शाखाले असार १ गते आइतबारदेखि  बिद्यालय संचालन हुने गरि बिदा दिएको थियो ।

 

तर अत्यधिक गर्मीका कारण बिद्यालयको बिदा बढाएको हो । महानगरपालिकाले असार ६ गते शुक्रबारसम्म पठनपाठन बन्द गर्ने गरि बिद्यालयको छुट्टी बढाएको जनाएको छ।


मधेस प्रदेशको अधिकांश भू भाग पछिल्ला केही दिनदेखि अत्यधिक गर्मीको चपेटामा परेको छ। वीरगन्जलगायत तराईका शहरहरूमा तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जसले सर्वसाधारणको जनजीवन प्रभावित बनाएको छ।

वीरगन्ज महानगरपालिकाले असह्य गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै नगर क्षेत्रका सबै सामुदायिक तथा निजी विद्यालयहरूमा आगामी एक हप्तासम्मका लागि कक्षा स्थगन गर्ने निर्णय गरेको हो।

 

 महानगरले एक विज्ञप्ति मार्फत बालबालिकाको सुरक्षालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको जार्नाको छ ।

 

 महानगरपालिका शिक्षा शाखाले असार १ गते आइतबारदेखि असार ६ गते शुक्रबारसम्म पठनपाठन बन्द गर्ने जनाएको हो।

वीरगन्ज महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख भए अनुसार, यो थप गरिएको बिदालाई वर्षे  बिदाबाट मिलान गरिनेछ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.