logo

वीरगन्जमा अहिलेसम्म दुईहजार तीनसय जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन तीन सयको रिपोर्ट आउन बाँकी

      5/24/2020 गते 00 00 मा प्रकाशित     1121   पटक पढिएको

वीरगन्जमा अहिलेसम्म दुईहजार तीनसय जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

 

कोरोना भाईरस संक्रमण वीरगन्जमा पहिलोपटक देखापरेपछि उनीहरुसँगको सम्पर्कको आधारमा गरिने स्वाब परिक्षणका लागि अहिलेसम्म दुईहजार तीनसय जनाको स्वाब (¥याल) संकलन गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।

 

संकलन गरिएका स्वाब मध्य करिब दुईहजार जनाको रिपोर्ट आईसकेको उहाँले बताउनुभयो । परीक्षण रिपोर्ट आएका मध्य ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

भने बाँकी सबैको रिपोर्टमा संक्रमण नभएको पाईएको छ । अहिले करिब तीनसय जनाको रिपोर्ट आउन बाँकी रहेको छ । वीरगन्जमा संकलन गरिएको स्वाब वीरगन्ज, हेटौंडा र काठमाडौंको प्रयोगशालामा परीक्षण गरिएको मेसु डाक्टर उपाध्यायले बताउनुभयो ।

 

संक्रमित मध्य नौजना निको भएर घर गएपछि अब वीरगन्जको आइशोलेशनमा ८७ जना मात्रै संक्रमीतहरु उपचाररत रहेका छन् । उनीहरुलाई नारायणी अस्पताल र गण्डकको कोभिड विशेष अस्पतालमा राखिएको छ ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

जगदम्बा स्टिल्सको भट्टीमा एक्कासी बिष्फोट,एक घाइते, अपुष्ट समाचार प्रक्षेपण नगरिदिन उधोगको अपिल

सीमरा । जगदम्बा स्टिल्स उधोगमा बुधवार राती बिष्फोट भएको छ । भट्टीमा भएको बिस्फोटमा परि भारत, बिहार राज्य, समस्तिपुर घर भई यसै कारखानामा कार्यरत वर्ष ३५ को अजय बैठा घाईते भएका छन ।

प्रविधिको बिकाससंगै पत्रकारहरुको सीप पनि बिकास हुनु आवश्यक छः संयोजक लामिछाने

वीरगंज । वीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा श्री राधेमाई सामुदायिक विकास संस्थाको आयोजनामा पत्रकार महिलाकोलागि तीन दिने क्षमता अभिवृद्धि तालिम बुधबारदेखि वीरगंजमा सुरु भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.