वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।
२ जना भारतीय महिलालाई बिभिन्न प्रलोभन देखाई वीरगंजमा ल्याएर बेश्याबृतिमा लगाएको आरोपमा साहलाई प्रहरीले मंगलवार पक्राउ गरेको हो ।
बिभिन्न होटेल तथा लजमा बेश्याबृतिको काम गराई आम्दानी आफूले राख्ने गरेको सूचना पाएपछि प्रहरीले ति महिलालाई उद्धार गरि साहलाई पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।
साह बिरुद्ध प्रहरीले विरुद्द मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया