logo

छठको आज मुख्य दिन अस्ताउदो सूर्यलाई अर्घ्य दिइने, सन्तानको रक्षाकर्ता छठीमाता को हुन ?

      11/20/2020 गते 00 00 मा प्रकाशित     1297   पटक पढिएको

छठ पर्वको तेस्रो तथा प्रमुख दिन  आज साँझ अस्ताउँदो सूर्यलाई व्रतालुहरुले सन्ध्या अर्घ्य दिनेछन ।  मध्यतराईका शहर र ग्रामिण भेगमा रहेको इनार, पोखरी, नदीसहितका जलाशयको घाटमा शुक्रवार साँझ अस्ताउदो सूर्यलाई एकसाथ अर्घ्य दिइने छ  ।

लोकआस्थाको पर्वको रुपमा परिचित रहेको यसपर्वमा कोरोना कहरका कारण घाटहरुमा सजावट भने कम छ । यस पटक घरमा सानो जलकुण्ड बनाएर सावधानी अपनाउदै पूजा आराधाना गरिदै छ । कतिपय ठाउँका घाटमा बत्ती, टेन्ट, पण्डालको समेत व्यवस्था गरिएको छ । घाटमा कतिपय ब्रतालु भक्तजन बस्ने परम्परा पनि रहेको छ । 

 

छठ पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन एक बिहानै नुहाई धुआई गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ्य दिने परम्परा अनुसार अर्घ्य दिइन्छ । तराईमा यस विधिलाई साँझको अर्घ्य अर्थात ‘सझिया घाट’ भनिन्छ ।

पोखरी, इनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ । बिहानको उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई ‘बिहनिया घाट’ भनिन्छ ।

अहिंसाप्रति मानवको रुची बढाउने र सबै जीवप्रति सहानुभुति राख्न छठ पर्वले अभिप्रेरित गर्छ ।  भागवान सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, चढाउने परम्परा रहेको छ ।


को हुन छठी माता ?


त्यस्तै छठको अन्तिम दिन अर्थात भोलि एकाबिहानै उदाउदो सूर्यलाई अर्घ्य दिएर छठपर्वको समापन गरिने भएको छ । छठ पर्वको आफनो एतिहासिक महत्व रहेको छ ।

 

छठ पर्वको महत्व रामायण महाभारतकालीन समयसंग पनि जोडिएको छ । छठी माताको ब्रत गरिने पर्वमा धेरै जसो सूर्यको उपासनासंगका महत्वहरुका बारेमा उल्लेख भएको पाइन्छ ।

सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ। अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ। चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ। कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ ।

 

चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ । तर वास्तवमा छठीमाता को हुन भन्ने कुराको चर्चा कमै हुने गरेको छ । देवी भागवत पुराणका अनुसार  भगवान ब्रह्माकी मानषपुत्री बालदा षठीलाई छठी माताको रुपमा पूजा अर्चना गरिन्छ ।  

 

राजा प्रियर्वतकी धर्म पत्नी रानी मालीनीको १२ वर्ष सम्म गर्भमा रहेको बच्चा सकुशल नजन्मेको र त्यसैको पीडमा श्मसानमा राजा प्रियर्वतले काखमा छोरो राखेर बिलाप गरका बेला बालदा षठी, (छठीमाता) प्रकट भई छठी माताको पूजा गर्ने  र गराउने बचन लिएर मृत छोरालाई त्यतीनै बेला जीवीत बनाएको र त्यही बेलादेख छठी माताको पूजा आराधाना हुदै आएको देवी भागवत पुराणमा समेत उल्लेख छ । त्यसैले सन्तानको सुख र रक्षाकोलागि छठी माताको पूजा आराधाना हुने गरेको छ । 


छठको पहिलो दिन(कार्तिक शुक्ल चतुदर्शी )
नहान खान (नहाए खाए)

कार्तिक शुक्ल चर्तुदशीका दिन देखि छठ आरम्भ हुन्छ । दशैं र तिहार लगतै शुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको शुरुवात मानिने यस दिनलाई ब्रतालुहरू नहान खान (नहाए खाए) भन्दछन् ।

 

बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । भनिन्छ यस दिनमा ब्रतालुहरूले प्रण गर्दछन्  म अव जथाभावी खाँदिन र तन मनले प्रभुको शरणमा बस्नेछु ।


छठको दोस्रो दिन(कार्तिक शुक्ल पञ्चमी)
खर्ना

विधिवत रूपमा शुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सखरको खीर लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् ।

 

यस दिनमा एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार ब्रतको पूर्वाभ्यास हो ।


छठको तेस्रो दिन(कार्तिक शुक्ल षष्ठी)
छठ

छठको तेस्रो दिन अर्थात छठ पर्व । यस दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् ।

 

छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् । प्रातःकालीन अर्घका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर भजन किर्तन र नाचगान हुने गर्दछ ।


छठको चौथो दिन(कार्तिक शुक्ल सप्तमी)
पारण

रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । विहानीमा सूर्यको न्यानो किरणसँगै ब्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफुल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्दछन् 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.