logo

मानव बेचबिखन विरुद्ध उत्कृष्ट कार्य प्रर्दशन, पर्साका एसपी गौतम मिश्र सम्मानित

 इसीमाना सम्बाददाता     २०८२ भदौ २० गते ०१: ५४ मा प्रकाशित     106   पटक पढिएको

वीरगन्ज ।  महिला तथा बालबालिका विरुद्ध हुने अपराध नियन्त्रणका क्षेत्रमा उत्कृष्ट काम गरेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० गौतम मिश्रलाई नेपाल सरकारले सम्मानित गरेको छ।

 

मानव बेचबिखन विरुद्धको १९औं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार काठमाडौंको नाचघरमा आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक मिश्रलाई कदरपत्र प्रदान गरिएको हो।

 

७७ वटै जिल्ला प्रहरी कार्यालयहरूको कार्य मूल्याङ्कनमा पर्सा जिल्ला उत्कृष्ट ठहरिएपछि सरकारका तर्फबाट एसपी मिश्रलाई सम्मान गरिएको हो।

 

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मिश्रलाई खादा र कदरपत्र प्रदान गरेका थिए।

 

उनले पर्सा प्रहरीले महिला तथा बालबालिका बेचबिखन नियन्त्रणमा खेलेको भूमिकालाई उच्च सम्मान गर्दै यसलाई मानवता विरुद्धको जघन्य अपराधविरुद्धको उदाहरणीय योगदान भनेका थिए।

 

गत आर्थिक वर्षमा पर्सा प्रहरीले भारतमा बेचिएका नेपाली चेलीहरूलाई उद्धार गरी स्वदेश फर्काउनुका साथै संलग्न व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा चलाएको थियो।

सोही कार्यप्रदर्शनका आधारमा पर्सा देशभरकै उत्कृष्ट जिल्ला प्रहरी कार्यालय घोषित भएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले जानकारी दिए।

 

सरकारले प्रदान गरेको कदरपत्रमा उल्लेख छः
“मानव बेचबिखन तथा ओसारपसार रोकथाम, नियन्त्रण, अभियोजन र अनुसन्धानका क्षेत्रमा सक्रिय रही पीडित/प्रभावितहरूको उद्धार तथा न्याय पहुँचमा उल्लेखनीय कार्य गरी पुर्याएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १९औं राष्ट्रिय दिवस २०८२ को अवसरमा यो सम्मानपत्र प्रदान गरिएको व्यहोरा उल्लेख गरिएको छ।”

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

संघ–संस्था सम्बन्धी नयाँ मस्यौदा सच्याउन माग , पर्साबाट गृह मन्त्रालयलाई ज्ञापनपत्र

वीरगन्ज । गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा पर्साले हालै गृह मन्त्रालयले सार्वजनिक गरेको “संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुन, २०८२” को मस्यौदा नागरिक समाजमैत्री नभएको भन्दै सच्याउन माग गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.