logo

दशैंअघि नै पर्सामा पुर्जा वितरण, भूमि समस्या समाधान आयोगको तयारी तीव्र

 इसीमाना सम्वाददाता     २०८२ भदौ १५ गते १२: ०८ मा प्रकाशित     660   पटक पढिएको

वीरगञ्ज ।  भूमि समस्या समाधान आयोगले दशैंअघि नै पर्सा जिल्लाका भूमिहीन तथा दलित समुदायलाई पुर्जा वितरण गर्ने तयारी गरेको छ।

 

आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल  विज्ञ सदस्य जगत बस्नेत र मधेश प्रदेश संयोजक आरती भण्डारी आइतबार वीरगञ्जस्थित आयोगको कार्यालय पुगेका थिए।

 

त्यहाँ आयोगका जिल्ला पदाधिकारीहरूसँग भएको विशेष छलफलमा ठोरी गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकामा दशैंअघि नै पुर्जा वितरण गर्ने योजना सार्वजनिक गरिएको हो।

 

अध्यक्ष रिजालले पुर्जा वितरण कार्यलाई आयोगले प्राथमिकतामा राखेको भन्दै लामो समयदेखि प्रतिक्षामा रहेका परिवारलाई दशै पर्वअघि नै खुसीको खबर सुनाइने बताए। “भूमिहीनको पीडा अन्त्य गरेर उनीहरूलाई कानुनी अधिकारसहितको जग्गा दिने हाम्रो प्रतिबद्धता छ,” उनले भने।

 

विज्ञ सदस्य बस्नेतले भूमिसम्बन्धी समस्या समाधानका लागि आयोगले चरणबद्ध रूपमा काम गरिरहेको उल्लेख गर्दै स्थानीय तहसँग सहकार्यलाई अझ प्रभावकारी बनाइने जानकारी दिए।

 

 पर्सामा भूमिहीन, सुकुम्बासी र दलित समुदायलाई लक्षित गरेर थालिएको यो प्रक्रिया प्रभावकारी ढंगले अगाडि बढाइने आयोगका पअध्यक्ष तवरेज अहमदे जानकारी दिए ।

 

आयोगका अध्यक्ष रिजालले सो क्रममा गर्दै कार्यसम्पादनका क्रममा देखिएका विभिन्न चुनौती र समस्याबारे प्रत्यक्ष जानकारी लिएका छन्। बैठकमा जिल्ला समितिका पदाधिकारीहरूले स्थानीयस्तरमा भोगिएका अवरोध प्रस्तुत गर्दै तिनको समाधानका लागि आयोगसँग पहल गर्न आग्रह गरेका थिए।

 

छलफलका क्रममा आयोगका पदाधिकारीहरूले समस्याहरू समाधान गर्न आवश्यक पहल गरिने र भूमिहीन तथा प्रभावित परिवारलाई छिटो न्याय दिन प्रतिबद्ध रहेको बताएका छन्।

 

स्थानीय समितिले उच्चस्तरीय टोलीले दिएको आश्वासनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा कामलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.