logo

विवादास्पद पवनकुमारको कीर्ते अनुमतिपत्र प्रकरण, २५ करोडको केराउ र ५ हजार टन पोस्तादाना आयात प्रयास भण्डाफोर

 इसीमाना सम्वाददाता     २०८२ भदौ १५ गते ०९: ४५ मा प्रकाशित     1539   पटक पढिएको

वीरगंज ।  बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका निवर्तमान महानिर्देशक कुमारप्रसाद दाहाल र लेखा अधिकृत प्रल्हाद सापकोटाको छाप–हस्ताक्षर नक्कली बनाई केराउ र पोस्तादाना आयात गर्ने ठूलो गिरोहको गतिविधि सार्वजनिक भएको छ।

गिरोहले दाहाल र सापकोटाको कीर्ते हस्ताक्षर प्रयोग गरी एक वर्षसम्म आयात गर्न पाउने खालको अनुमतिपत्र तयार पारेको थियो। उक्त कागजात देखाएर ५ हजार मेट्रिक टन केराउ (करिब २५ करोड रुपैयाँ बराबर) र थप ५ हजार मेट्रिक टन पोस्तादाना ल्याउने तयारी गरिएको खुलासा भएको छ।

मुख्य आरोपितमा भारतीय र नेपाली दुवै नागरिकता लिएका त्रिभुवन साह (उर्फ पवनकुमार) र रमेश जलान छन्। साहकी श्रीमती रश्मीदेवी साहको नाममा दर्ता सत्यम एग्रो प्रालि र जलानको एसएसएन सन्स प्रालि मार्फत अनुमतिपत्र नक्कली बनाइएको बताइएको छ। यस प्रकरणमा विवादास्पद व्यापारी दीपक भट्टको संलग्नता रहेको आरोपसमेत छ।

गिरोहले प्रस्तुत गरेको कीर्ते अनुमतिपत्रका आधारमा वीरगञ्ज भन्सार हुँदै ल्याइएको केराउ प्लान्ट क्वारेन्टाइनले पास गरिसकेको थियो। तर विभागीय महानिर्देशक दाहालले आफैं अनुमति नदिएको र आफ्नो हस्ताक्षर दुरुपयोग भएको जानकारी दिएपछि प्रक्रिया रोकिएको हो। भन्सारले समेत कागजात शंकास्पद देखिएपछि आयात रोकिएको बताइएको छ।

 यसरी नेपालमा भित्र्याइएको केराउ र पोस्तादाना भारत तस्करी गर्ने योजना रहेको बताइन्छ।यो प्रकरणसँगै प्लान्ट क्वारेन्टाइन र भन्सार कार्यालयका अधिकारीहरूको मिलेमतोबारे प्रश्न उठेको छ। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीसहितको नामसमेत विवादमा आएको छ तर अहिलेसम्म ठोस कारबाही भएको छैन।

त्रिभुवन साह पहिले अवैध इलेक्ट्रोनिक सिगरेट (भेप) तस्करी, सहकारी ठगीमार्फत जग्गा खरिदजस्ता विवादास्पद घटनामा पनि मुछिएका व्यक्ति हुन्। उनले नेपाली नागरिकता समेत नक्कली विवरणका आधारमा लिएको भन्ने दाबी सार्वजनिक भएको छ।

महानिर्देशक दाहालले आफ्नो नाम र हस्ताक्षर दुरुपयोग गरी प्रतिबन्धित बस्तु आयात गर्ने प्रयास गम्भीर आपराधिक गतिविधि भएको भन्दै राज्यले कडा कारबाही गर्नुपर्ने माग गरेका छन्। तर अहिलेसम्म गिरोहका मूल पात्र वा संलग्न अधिकारीमाथि ठोस अनुसन्धान वा कारबाही अघि नबढेको भन्दै प्रश्न उठेको छ।


सर्वसाधारण नागरिकले सरकारी छाप दस्तखत कीर्ते गर्दा तत्काल पक्राउ गर्ने प्रहरीले सरकारी छाप, दस्तखत कीर्ते गरी विदेशबाट अरबौंको केराउ र पोस्तादाना आयात गर्न खोज्ने र तिनलाई सहयोग गर्ने सरकारका उच्चपदस्थ अधिकारीलाई अहिलेसम्म सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन । सरकारी निकाय तैँ चुप मै चुप छन । उल्टै दाहालको सरुवा गरी राज्यको एउटा निकायको कीर्ते अनुमतिपत्र बनाएर केराउ र पोस्तादाना आयात गर्ने अपराधिक गिरोहको मनोबल बढाउने काम सरकारले गरेको छ ।

को हुन पवन कुमार साह ?

पवनकुमार साहले जिल्ला प्रशासन कार्यालय रौतहटबाट नक्कली बाबु बनाएर २०५२ साल मंसिर ७ गते नेपाली नागरिकता लिएको अभिलेखमा देखिन्छ । उनले चन्द्रनिगाहपुर स्थायी ठेगाना राखी लिएको नागरिकता प्रमाण पत्र नम्बर १७२९ रहेको छ । सो नागरिकता प्रयोग गरी उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दोस्रो प्रतिलिपीसमेत निकालेको देखिन्छ ।

राजस्व अनुसन्धान विभागले गएको २३ पुस, २०८१ मा ललितपुरको इमाडोलबाट करिब ५० करोड रुपैयाँबराबरको अवैध इलेक्ट्रिक सिगरेट (भेप) बरामद गर्यो । उक्त भेप सिल्क ट्रान्सपोर्टका संचालक रमेश शेर्पा र शंकास्पद भारतीय नागरिक त्रिभुवन साह उर्फ पवन साहको थियो ।

जीबी राईले संचालन गरेका पोखराको सूर्यदर्शन सहकारीदेखि चितवनको सहारा बचत सहकारीसम्मको ४९ हजार बचतकर्ताले सहकारीमा जम्मा गरेको ७ अर्ब ६ करोड ठगी गरी खरिद गरेको ललितपुर सैंबु भैंसेपाटीको एक अर्बभन्दा बढी पर्ने २३ रोपनी ७ आना जग्गा १२ करोड ५० लाखमा खरिद गर्ने त्रिभुवन साह र बाजेको सेकुवाका चेतन भण्डारी हुन् । सीआईबीले उनीहरुसँग बयान लिए पनि सहकारीको रकमले जग्गा किन्ने उनीहरुलाई प्रतिवादी बनाएर मुद्दा दर्ता नगरी उन्मुक्ति दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.