logo

छठ पर्वको मूख्य दिन आज  ब्रतालुहरु अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक १० गते ०२: २३ मा प्रकाशित     428   पटक पढिएको

वीरगंज । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज (सोमबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गर्दै विधिपूर्वक अर्घ्य अर्पण गरिँदैछ।

 

बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका व्रतालुहरू बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने प्रथा अनुसार व्रत विधि सम्पन्न गर्दै छन्। शनिबार कार्तिक शुक्ल चतुर्थीका दिनदेखि सुरु भएको यो पर्व सप्तमीसम्म निरन्तर पूजापाठका साथ मनाइन्छ।

 

छठ पर्व सूर्यदेवको आराधना, उपासना र कृतज्ञताको पर्वका रूपमा मनाइन्छ। महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाण्डवहरूले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए। त्यही समयदेखि यो पर्व मनाउने परम्परा सुरु भएको जनविश्वास छ।

 

सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरी अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन्। त्यसपछि नै ‘छठ पर्व’ मनाउने परम्परा सुरु भएको उल्लेख पाइन्छ।

 

सूर्यलाई ऊर्जा र जीवनको मूल स्रोतका रूपमा मानिएको छ । सूर्यबिनाको संसार असम्भव ठानिन्छ — रुख, बिरुवा, प्राणी, जीवजन्तु सबैको अस्तित्व सूर्यकै किरणमा निर्भर छ। वैदिक ग्रन्थहरूमा सूर्य किरणको औषधीय महत्वको विस्तृत व्याख्या गरिएको छ। साम्ब पुराण अनुसार भगवान् श्रीकृष्णका पुत्र साम्बले सूर्यको आराधना गरेर कुष्ठरोगमुक्त भएको उल्लेख पाइन्छ।

 

जनविश्वास अनुसार छठ व्रतले दुःख–दारिद्रताबाट मुक्ति दिलाउँछ र परिवारमा सुख–समृद्धि ल्याउँछ। झुप्पा–झुप्पा फलफूल, ठकुराईका परिकार र पवित्र प्रसाद अर्पण गर्दा सूर्यदेव प्रसन्न भई सन्तान र कुटुम्बको कल्याण गर्छन् भन्ने मान्यता छ।

 

व्रत नबस्न सक्नेले पनि अन्य व्रतालुहरूबाट मनोकामना पूरा गराउने चलन रहेको छ। आर्थिक रूपमा विपन्नहरूले समेत भिक्षा मागेर वा सानो–सानो तरिकाले यो पर्व मनाउँछन्।

 

व्रतको सुरुवात चतुर्थीका दिन स्नान गरी एकछाक भोजन गरेर गरिन्छ। पञ्चमीका दिन खरना (सखर हालिएको खीर) षष्ठी मातालाई अर्पण गरी व्रतालुले प्रसादस्वरूप ग्रहण गर्छन्।

 

त्यसपछि षष्ठीका दिन कठोर निराहार व्रत बसेर बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने विधि रहन्छ। ब्रतालुहरु अस्ताउदो सूर्यलाई अर्घदिनकालागि जलाशय एवं पोखरिमा बनाईका छठघाटमा पुगेका छन ।

 

यसपछि सप्तमीका बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य अर्पण गरेपछि व्रत समाप्त हुन्छ। धार्मिक विश्वास अनुसार यस विधिले चर्मरोग नलाग्ने र जीवनमा स्वास्थ्य, सौभाग्य र शान्ति प्राप्त हुने बताइन्छ।

 

विसं २०४६ अघिसम्म मुख्यतः तराई क्षेत्रमा सीमित यो पर्व अहिले राष्ट्रिय पर्वले राष्ट्रिय पर्वको रूप लिइसकेको छ। सोही वर्षदेखि सरकारले यस अवसरमा सार्वजनिक बिदा दिने परम्परा सुरु गरेको हो।

 

राजधानीसहित देशभरका नदीघाटहरू  सजावट गरिएको छ। वीरगंजमा घडीअर्वा पोखरी ,मुर्ली पोखरी ,रानीघाटको सिर्सिया नदी लाईरुपमा सजावट गरिएको छ ।  व्रतालुहरू कार्तिक शुक्ल चतुर्थीदेखि नै सात्विक भोजन, चोखो खानपान र आत्मसंयमका साथ व्रत बस्दै आएका छन्।

 

कसैकसैले त कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ त्याग गरी सात्विक जीवनशैली अपनाउँछन्। त्यसैले पनि छठ आज सर्वाधिक पवित्र र अनुशासित पर्वका रूपमा स्थापित भएको छ। 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.