logo

वीरगंज महानगरको आमसञ्चार समितिले पूर्णता पायो, महानगरको सूचना प्रणाली अझ सुदृढ र व्यवस्थित हुने प्रमुख सिंहको बिश्वास

 इसीमाना सम्वाददाता     २०८२ चैत १९ गते ०५: २६ मा प्रकाशित     225   पटक पढिएको

वीरगंज  । वीरगंज महानगरपालिकाको आमसञ्चार प्रवर्द्धन तथा नियमन समितिले पूर्णता पाएको छ। यसअघि नै वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल संयोजकमा नियुक्त भइसकेको समितिमा आज थप ११ जना सदस्य मनोनयन भएसँगै समितिले पूर्णता पाएको हो।

 

आज आयोजित एक कार्यक्रमबीच महानगर प्रमुख राजेशमान सिंहले नवमनोनित सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गरे ।

May be an image of text

 उक्त अवसरमा बोल्दै प्रमुख सिंहले समितिको पूर्णतासँगै महानगरको सूचना प्रणाली अझ सुदृढ र व्यवस्थित हुने विश्वास व्यक्त गरे। उनले सञ्चार क्षेत्र लोकतन्त्रको महत्वपूर्ण अंग भएकाले यस क्षेत्रसँग सहकार्य र समन्वयलाई उच्च प्राथमिकतामा राखिने उल्लेख गर्दै समितिका सबै सदस्यलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।

 

समितिका सदस्यहरूमा क्रान्ति साह, अमित साह, लक्ष्मी खरेल, जितेन्द्र साह, कन्हैया प्रसाद कलवार )गुप्ता), विरेन्द्र कुमार साह, निर बहादुर पिठाकोटे, ग्यासु मियाँ देवान, अर्जुन प्रसाद गुप्ता, छेदी राम तथा मनोज कुमार पटेल रहेका छन्।

 

समितिको मुख्य दायित्व महानगरपालिका र सञ्चारमाध्यमबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै प्रभावकारी समन्वय कायम गर्नु, सूचना प्रवाहलाई पारदर्शी, सहज र समयमै जनतासम्म पुर्‍याउनु तथा आमसञ्चार क्षेत्रसँग सम्बन्धित नीति, नियमन र सुधारका विषयमा आवश्यक सुझाव प्रदान गर्नु रहेको छ।

 

समितिको गठनसँगै वीरगंज महानगरपालिकाले सूचना प्रवाह प्रणालीलाई अझ व्यवस्थित, जवाफदेही र जनमुखी बनाउने अपेक्षा गरिएको छ।

 

साथै, सञ्चार क्षेत्रसँगको सहकार्यलाई संस्थागत गर्दै स्थानीय सरकारका गतिविधिहरूलाई विश्वसनीय र प्रभावकारी ढंगले आमनागरिकसम्म पुर्‍याउन समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज कलेजमा बिदाई कार्यक्रम,अनुशासन पालनामा जोड

वीरगंज । वीरगंज कलेजले १२ कक्षाको परिक्षामा सामेल हुने आफनो कलेजका बिद्यार्थीहरुको बिदाई कार्यक्रम गरेको छ ।

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.