धनगढीमा दुवईबाट फर्केका युवाको आफन्तमा कोरोना भाइरसको संक्रमण पेजेटिभ देखिएपछि नेपालमा जोखिम झनै बढेर गएको छ । धनगढीमा संक्रमीत ति महिला ३४ वर्षिय युवकको भाउजु हुन ।
यो घटना पछि चिकित्सा क्षेत्रले नेपालमा “लोकल ट्रान्समिशन” शुरु भएको भन्दै यसलाई खतराको घण्टीको रुपमा हेरेका छन । बिश्व स्वास्थ्य संगठनको प्रोटोकलका अनुसार पनि लोकल ट्रन्समिशनको अवस्थालाई कोरोेना भाइरसको संक्रमणको दोश्रो चरण भनेर तय गरेको छ ।
यो घटना सार्वजनीक भएपछि चिकित्सकहरुले लकडाउनलाई कडाईका साथ पालना गर्दै सामाजिक दुरी कायम गर्न सुझाव दिएका छन । लकडाउन कडाई गर्ने कुरामा भावनात्मक हुनु भन्दा पनि ब्यवहारिक भएर कदम चाल्न समेत अनुरोध गरिएको छ ।
लोकल ट्रान्समिशन रोक्न सकिएन भने कोरोनाको संक्रमण समुदाय स्तरमा फैलन्छ । मुलुक त्यो खतरामा पुगिसकेको छ । त्यसलाई नियन्त्रण गर्न सक्ने एक मात्र बिधि भनकोे समाजिक दुरी कायम गरेर हो त्यसको लागि लकडाउनलाई निर्ममता पूर्वक पालना गर्ने र गराउने काम पनि गर्नु पर्ने अवस्था छ ।
एक ब्यक्तिबाट अर्को ब्यक्तिमा कोरोना भाइरसको संक्रमणको घटना धनगढीमा प्रकाशमा आएको छ । तर यस्तै खालको जोखिममा प्रदेश २ पनि रहेको चिकित्सकहरुको राय छ। प्रदेश २ पनि जोखिममा छ । भारत लगायत तेश्रो मुलुकबाट प्रदेश २ मा पनि मान्छेहरु आएका छन ।
र प्रदेश २ भएर मान्छेहरु मुलुकका अन्य भागमा पनि गएका छन । यो प्रदेश मान्छेकै ट्रान्जिट पनि रहेकोले भारत लगायत तेश्रो मुलुकमा क्रियाशिल जनशक्ति पनि बढी यही प्रदेशको भएकोले प्रदेश २ पनि “डेन्जर जोन” मा रहेकोले चिकित्सकहरुले सर्तकताकालागि चेतावनी पनि दिएका छन ।
प्रदेश २ मा पछिल्लो पटक देखिएका घटनाक्रमहरुले पनि यसको जोखिमको बयान गर्दछ । नेपाल भारत दुबै तर्फ लकडाउन छ । अझ दुबै सरकार स्तरमा जुन देशका नागरिक जुन भाूभागमा रहेका छन त्यही क्वारेन्टाइन गर्ने सहमती भएको छ । त्यही सहमतीका कारण त प्रदेश २ को बीरगंजमा करिव १ सय ५२ जना भारतीय नागरिकलाई क्याम्पसलाई नै क्वारेन्टाइन बनाएर राखिएको छ ।
ब्यवहारमा यस्तो अभ्यास देखिएपनि यो पूर्णतया लागू नभएको घटनाक्रमले बताएका छन । अहिले बिभिन्न स्थानमा मुस्लिम समुदायको प्रार्थना सभामा सहभागि भएका धार्मिक अगुवालाई नेपालका बिभिन्न स्थाबाट क्वारेन्टाइनमा लाने काम भइरहेको छ । यदी यो लकडाउनको मर्मको पूर्ण पालना भएको भए भारतीय सीमा पार गरेर उहाँहरु नेपाल आउने अवस्था रहदैन थियो होला तर त्यस्तो हुन सकेन । यो धार्मिक समुदायको मात्र कुरा होइन यत्रो लामो खुला नाकामा चोरी लुकी पनि मान्छे आरपार गर्न सक्ने भएकोले प्रदेश २ मा जोखिम अधिक छ ।
यद्धपी प्रदेश दुईमा आजको मिति सम्म कोही पनि संक्रमीत फेला परेका छैनन । थ्रोट स्वाब टेष्ट नभएको पनि होइन । प्रदेशमा ७९ जनाको थ्रोट स्वाब परिक्षण भएकोमा ४४ जनाको रिपोर्ट नेगेटिभ छ ।
अरुको रिर्पोट आउन बाँकी छ । बिदेश बाट आएकाहरुको खोज पनि भएकै छ । उनीहरुलाई आइसोलेशन र क्वारेन्टाइनमा आवश्यकता अनुसार राखिएको पनि छ । यती हुदा हुदै पनि प्रदेश २ कोरोना भाइरसको जोखिममै छ भन्ने कुराको हेक्का चाही राख्नु पर्छ ।
त्यसकोलागि लुकीछिपी भारतबाट नेपाल प्रवेश गर्ने क्रमलाई अव क्रमभंङ गर्न आवश्यक छ । बिदेशबाट आएका कतिपय ब्यक्तिहरु ,लुकीछिपी आएका मान्छेहरु क्वारेन्टाइनमा बस्न मानेका छैनन । उनीहरु यतै पनि लुकेर बसेका छन । सूचना लुकाएका छन । परिवारले समेत यस्तो काममा सहयोग गरेका छन यही कारणले प्रदेश २ मा कोरोना भाइरसको जोखिमको संक्रमण छ भन्न खोजिएको हो ।
यहा हाम्रो संघीयताले बनाएको संरचनाको वास्तविक परिक्षा पनि हुनेवाला छ । गाँउघर आँगनको सरकारको उपस्थिति यहीनेर आवश्यक छ । स्थानीय सरकारले अहिले सम्म आफनो गाउँपालिका भित्र बिदेशमा रहेर काम गर्नेहरु कति फर्के भन्ने कुराको तथ्याकं संकलन गर्न सकेको छैन । जनप्रतिनिधिहरु गाउँको बिकास र जनताको सुरक्षाका प्रति सम्बेदनशिल हुथे भने यो तथ्याकं संकलन भइसकेको हुन्थ्यो ।
आज स्थानीय सरकार स्रोत साधन भएको सरकार हो । तर त्यो सरकार र त्यसमा रहेका प्रतिनिधिहरु जनता प्रति जिम्मेवार भएनन । उनीहरु संकटकाबेलामा अभिभावकको भूमिका खेल्न अनिच्छुक देखिए । यो ढंग नपुरे पनि त्यस्तो भएको हुन सक्छ अर्को संघीयतको ब्यवहारिक अभ्यास शुरु गर्दा हाम्रो मानसिकतामा हिजोको जुन प्रभाव थियो त्यसको हयांग नसकिदा पनि यस्तो भएको पनि हुन सक्छ ।
तर बेला यही त्यो हंयागलाई सच्याउने र आफनो नेतृत्व कौशलको प्रर्दशन गरेर आफनो गाउँ र नागरिक जोगाउने काममा भूमिका खेल्ने । अहिले जनप्रतिनिधिहरुले भोटलाई केन्द्रमा राखेर बिदेशबाट आएकाहरुको तंथ्याकं संकलन नगर्ने काम ठिक होइन ।
भोटको चिन्ता अहिले नगरौ बिदेशबाट आएकाको पहिचान गरि उनीहरुलाई जोगाउन र सिगो जनताको पंक्तिलाई जोगाउन क्वारेन्टाइनमा पुर्याउन अलिक निमर्म बनौ ताकी प्रदेश २ मा जोखिमलाई कम गर्न सकियोस ।
क्वारेन्टाइनहरुलाई स्तरीय बनाउने त्यहा दिइने सेवा र सुविधा पनि गुणस्तरीय हुनु पर्ने कुराको सुनिश्चितता स्थानीय सरकारले गर्न सक्नु पर्छ । स्थानीय सरकारले त्यसकोलागि स्थानीय स्रोत र साधनको परिचालन गर्न सक्छ ।
अर्को महत्वपूर्ण कुरा भनेको लकडाउन प्रभावकारी हुन सकेको छैन । नागरिकलाई पनि यो कस्तो लाग्दै छ भने यो कफ्र्यू हो या आम हडताल हो, दिन भरिमा एउटा निश्चित समयमा खुल्छ अनी आवश्यकताका सामाग्री खरिद गर्न बजार गइन्छ भने जस्तै अहिले भएको छ ।
हुर्रर बजार निस्कने ,सामाजिक दुरी पालना नगर्ने बजारमा भिडभाड बनाउने के हुन्छ र भन्ने हिसावले प्रस्तुत हुने कुराले जोखिमलाई बढाएको छ । कोराना भाइरसको संक्रमण भयो भने त्यसको उपचार छैन । त्यो संक्रमण ठिक पार्ने औषधी छैन । अझ हाम्रो देशेको स्वास्थ्य सेवाको भौतीक क्षमता र त्यसमा आम मान्छेको पहुच सहज नभएको अवस्थालाई मान्छेले बिचार गरेका छैनन ।
यही अवस्था रहेकोले सरकारले निकै निर्मम भएर घोषणा गरेको लकडाउनलाई रमाइलो ठान्ने काम पनि भएको देखिन्छ । यही बेलामा मासु बेच्न पाइन भन्दै मासु बेच्नेहरुको कराउछन । खाद्य सामाग्री किन्न पाइन भनेर कराउछन उधोग चलाउन पाइएन भनेर उधोगीहरुको उस्तै रडाको सुनिन्छ । यस्तो सुनिनुको पछाडि बिपद प्रतिको हाम्रो गैर जिम्मेवारीपन हो ।
बिपद आइहाल्यो भने कसरी ब्यवस्थापन गर्ने कसरी सरभाइभ हुने कसरी बाँच्ने र जोगिने भन्ने बषियमा हाम्रो कुनै पनि सोचाइ नभएको र सोचाई नभएपछि तयारी गर्ने कुरा त हुनै नै भएन आज त्यसको परिणती यस्तो संकटको बेलामा पनि हामी आफनो डम्फू बजाउन नछोडने भएका छौ ।
यो लकडाउन सधैका लागि होइन केही दिनकालागि हो त्यसलाई नागरिकले आफनोलागि हो भन्ने ठानेर कष्ट सहेर भएपनि सहयोग गर्न सक्नु पर्छ ।
एउटा पनि स्थानीय संक्रमण प्रदेश २ मा देखियो भने हाम्रो अवस्था कस्तो होला समम्झदा पनि आङ सिरिङग हुन्छ । स्वास्थ्यकर्मीहरुलाइे चाहिने सुरक्षा उपकरणको अभाव छ । सुरक्षा उपकरणको अभावमा एउटा स्वास्थ्यकर्मीले कुन मनोवलका साथ काम गर्छ ? आइसोलेशन र क्वारेन्टाइनमा राखिएका ब्यक्तिहरुको हेरचाह गरिरहेका स्वास्थ्यकर्मीहरुकालागि खोई सुरक्षा उपकरण ।
सरकारले अहिले सम्म यि समानको ब्यवस्था गर्न सकिरहेको छैन । अस्पतालमा आइसीयु पनि कम छन। भेन्टिलेटरहरु छैनन । यस्तोमा संक्रमणलाई नियनत्रण गर्न निकै कठि हुनेछ । जीवन हत्केलामा राखेर स्वास्थ्यकर्मी सुरक्षाकर्मी संचारकर्मीले काम गरिरहेका छन ।
कोरोनाको कहर यही अवस्थामा रहोस तर यो भन्दा अगाडि बढ्यो भने महामारीमा पुग्न बाट हामीलाई कसैले रोक्न सक्दैन त्यसैले अझै पनि बेला छ । लकडाउनलाई पालना गरौ घरमै बसौ । अत्यावश्यक पर्दा सामाजिक दुरी कायम गरौ यसलाई ख्याल ठट्टा नठानौ ।
तपाईको प्रतिक्रिया