logo

ओली बिद्या वीच शक्ति सन्तुलनको रणनीतिक सम्वाद

 प्रकाश थापा     २०८२ असार ८ गते १०: २५ मा प्रकाशित     1394   पटक पढिएको

                            दक्षिण  एसियाको समकालीन राजनीतिमा नेपाल  यस्तो मोडमा उभिन आइपुगेको छ । जहाँ सत्ता, विचारधारा, र नेतृत्वको बहस केवल सार्वजनिक मञ्चमा मात्र होइन, पार्टीभित्रका कक्ष हरूमा पनि उति नै सघन र निर्णायक बन्न थालेका छन्।

 

यसै सन्दर्भमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी नेतृ, पूर्वराष्ट्रपति विद्या देवी भण्डारीबीच भएको पछिल्लो भेटलाई गम्भीर राजनीतिक धारणाहरू, अन्तर्द्वन्द्व र सम्भावित भावी समीकरणको दृष्टिले बुझ्न आवश्यक छ।

 

 सतही रूपमा हेर्दा यो भेट सामान्य औपचारिकताको निरन्तरता जस्तो देखिए तापनि, यसले गहिरो राजनीतिक संकेत र सम्भाव्य रणनीतिक पुनर्संरचनाको सुगन्ध मिसाएको छ।

नेकपा एमाले को राजनीतिमा विद्या देवी भण्डारी, मदन भण्डारी, को पारिवारिक तथा बैचारिक  बिरासत पनि हो ।उनी एउटा अनौठो र जटिल पात्रका रूपमा उदाएकी छन् ।

 

राष्ट्रपतिको पदबाट मुक्त भएपछि उनी पूर्ण रूपले  सक्रिय राजनीतिमा फर्किने संकेतहरू दिइरहेकी छन्। यसले एमालेभित्र नेतृत्वको नयाँ आयामको संकेत मात्र हैन, अध्यक्ष ओलीलाई चुनौती दिने ज ब ज को वैकल्पिक र बैचारिक धार को ‘(पावर सेन्टर ) निर्माणको संभावना पनि खोलिदिएको छ। बिचारको आधारमा यो भेटलाइ कसैले अनौठो नमान्दा हुन्छ ।


           सम्माननिय प्रधानमन्त्री  के पि ओली पार्टीभित्रका केही समर्थक हरु बाहेक आन्तरिक मन्द आलोचना र असन्तोषको घेराभित्र हुनुहुन्छ । यद्यपि उहा अझै पनि पार्टीको पावर सेन्टरमानै हुनुहुन्छ । तर पछिल्लो समयको उहाँको कार्यशैली, निर्णयप्रति असन्तुष्टि, र भावी उत्तराधिकारीको खोजी गर्ने धारणाहरू पार्टीभित्र घनिभूत हुँदै जान  थालेका छन् ।

 

पार्टी भित्र अनवरत संघर्ष गर्दै आएका र जिबनमा कहिल्यै पनि र कुनै पनिअबसर नपाएर चेप्टियर खुम्चियर बस्नुपर्नी  भुँइमान्छे हरुको भावनाको नेतृत्व एमाले भित्र अब कस्ले गर्ने ? यिनै मुद्दा हरुमा क. ओली–क. भण्डारी भेटको अन्तर्य गहिराईमा पुग्न जरुरी देखिन्छ । दुई नेताबीचको सम्वादले पार्टीको नेतृत्व संरचना, भावी राजनीतिक एकल वा गठबन्धन, र वैचारिक सन्तुलनलाई केन्द्रमा राखेको अनुमान गर्न सकिन्छ।

 


                उहाँ  हरुको यो भेटलाई दुई सन्दर्भमा हेर्न सकिन्छ पहिलो, शक्ति सन्तुलनका लागि गम्भीर संवाद दोस्रो, भावी भूमिकाहरूको विभाजन र समन्वयको सम्भावना । ७० बर्षे उमेर हदका कारण विद्या भण्डारी आफैं पार्टीको अध्यक्ष पदमा आँखा लगाइरहेको चर्चा पार्टी भित्र र बाहिर भइरहेकै हो।

 

यसले कं ओलीलाई विकल्प तयार पार्न वा सहमति गर्न बाध्य बनाउँछ। खासगरी अध्यक्ष ओलीको पछिल्लो कार्यकाल पार्टीको संस्थागत विकासभन्दा व्यक्तिकेन्द्रित नियन्त्रण प्रवृत्तिले चिन्हित छ। विद्या भण्डारी जस्तो राजनीतिक रूपमा परिपक्व तर हालसम्म मुख्य कार्यकारी भूमिकाबाट टाढा रहेकी महिला  नेतृले यस परिवेशमा पार्टीको नयाँ रूपान्तरणको प्रतीक बन्न सक्ने आंकलन गरिएको छ।


                अर्को महत्वपूर्ण पक्ष भनेको उहाँ हरू दुबैले साझा शत्रु र साझा चुनौतीको सामना गरिरहेका छन्। वर्तमान सत्ता गठबन्धन (माओवादी केन्द्र, कांग्रेस लगायत) सँगको बैचारिक द्वन्द्व, वैदेशिक सम्बन्धको पुनःसन्तुलन , विशेषतः भारतीय प्रभाव, अमेरिकी रणनीति ( जस्तै एमसीसीलगायत र चिनियाँ नीति को  (बिआरआई) धारणा सँगको सम्बन्ध व्यवस्थापनका सवालमा उनीहरूको दृष्टिकोण मिल्न सक्ने सम्भावना पनि देखिन्छ ।


उहाँ हरुको भेट्ले युवापुस्ताको भूमिकाको पुनर्मूल्यांकन, र कं ओलीपछिको नेतृत्वका लागि नेतृ भण्डारीलाई वैकल्पिक अनुहारको रूपमा स्थापित गर्ने योजनासम्मका विषयमा छलफल भएको हुनुपर्छ ।


               कं ओली स्वयं आफू बांचुन्जेल आफ्नो हैसियतमा कुनै किसिमको कटौती गर्ने पक्षमा छैनन । किनकी अघिल्लो महिना कुनै एउटा कार्यक्रम मा आफू अझै १५ -२० बर्ष बुढो नहुने र राजनितिबाट विश्राम नलिने  सार्बजनिक घोषणा गर्नुभाछ । उहाँको बर्तमान कार्यशैली सत्ता संरक्षणमुखी देखिँदै आएको छ ।

 

बर्गिय दुस्मन संगको सत्ता गठबन्धनको कारण भण्डारी–ओली बिचको राजनितिक सम्बन्ध र  सहकार्य भन्दा बढी प्रतिस्पर्धात्मक बन्ने खतरा पनि छ।

 

किन ? हिजो काङ्ग्रेस बिरुद्ध सदनमा ५७ -५७ दिन सम्म सदन अबरुद्ध गरेको इतिहास बोकेको नेकपा  एमाले आज उसैको सत्तागठबन्धनको साझेदारिको रुपमा उभिएको छ । अब नेकपा  (एमाले) को बैचारिक र बर्गिय दुश्मन को ? यो पटक मैले याहां भन्दा अघि बढ्न चाहिँन ।


        अब याहां कुरा उठ्छ,राष्ट्रको सम्मानित पदमा पुगिसकेकि र जनताको अबिभावक भैसकेकी ब्यक्ति  फेरि खुल्ला राजनितीमा किन फर्किनुपर्‍यो ? हालसम्म उहाँले कमाएको राजनीतिक  उचाइ लाई किन आलोच्य बनाउने ?
एकप्रकारले यो तर्क एकद ठिक हो ।

 

तर हिजो उहालाई किन राष्ट्रपतिमा पठाइयो रु नेकपा एमाले भित्र राष्ट्रपती बन्न लाएक उहाँ भन्दा सिनियर अरुनेता थिएकी थिएनन ? नेकपा एमालेको स्थाई कमिटीले राष्ट्रपतिको लागि नाम सिफारिस गर्ने बेलामा महिला नेत्री अष्टलक्ष्मी शक्य, र  सिनियर नेता झलनाथ खनाल मध्य एकजना लाई राष्ट्रपति  बनाएको भए आज नेकपा  एमालेको अबस्था याहांसम्म आईपुग्थ्यो ? पार्टी फुट्थ्यो ? अघिल्लो पटकको निर्णयत ल ने क पा ( एमाले ) एकलैले गर्‍यो तर दोश्रो पटक नेकपा थियो ,फेरि उनै बिद्या भण्डारीको नाम जबर्जस्त लअघि सारियो किन  ? किनकि  झलनाथ खनाल, र अष्टलक्ष्मी शाक्य लाई एकैचोटिमा इन्डिङ्ग गराएर बिद्या लाई टप फ्लोरमा राख्दै आफू नेकपा (एमाले) को अध्यक्ष बनेर मुलुकको प्रधानमन्त्री बन्ने कं के पि ओलिको उत्कट चाहना थियो ।

 

समयले साथदियो मुलुकको राजनीति र राज्यसत्ताको बागडोर उहाँकै हातमा आयो र हालसम्म चलिराछ । यदि कं ओलिले यो चतुर्‍याइँ  नगरेको भए, कं बिद्या नेकपा ( एमाले) को पार्टी अध्यक्ष उतिबेलै भैसक्नुहुन्थ्यो । 


              अनिफेरी तिनै साथिहरु टाउको कन्याउदै पार्टी भित्रको सेवा सुबिधा र नेतृत्वचै एउटैलाइ मात्र सुम्पिनुहुन्न है पनि भन्छन । यो तर्क त झन असाध्यै ठिक लाग्छ मलाईत । ल त साथी हरु यो तर्ककोलागी कम्मर कसेर लागौंत परिणाम जे आउला । होइन भने कम्बल ओढेर घ्यु खाने कुरोचै नगरम होला ।

 

पटक पटक उपरी माथी थुपरी शोभनीय भएन । सबैको मेहनत र बलिदानले स्थापित पार्टी को माया तपाईं  हामी सबैलाई छ । अबसर हरुको बितरण समान ढँगले हुनुपर्छ । त्यसकारण कं बिद्या भण्डारीको अबिभावकिय आगमनले नेकपा ९एमाले०पार्टीलाई फाईदानै हुन्छ ।  

  
                    अन्ततः, नेकपा (एमाले) भित्रको यो उच्चस्तरीय भेट दुईजना नेताबीचको सामञ्जस्य वा प्रतिस्पर्धाको संकेत मात्र हैन, नेपालको बहुपार्टी प्रणालीमा भावी शक्ति संरचना कुन दिशातर्फ मोडिन सक्ला भन्ने अनुमान गर्ने आधार पनि बन्न सक्छ। क. बिद्या को  राजनीतिक पुनरागमनले  पार्टीभित्र सन्तुलन ल्याउने अवसर पनि हो । त्यसैले यस भेटलाई गहिरो राजनीतिक समीकरण र वैचारिक पुनर्संरचनाको संकेतका रूपमा विश्लेषण गर्दा राम्रो होला। 


                 एमालेको आन्तरिक रणनीति, नेताहरूको भूमिका र भावी निर्वाचन–सत्ता समीकरणलाई अझ गहिराइमा र आयामिक ढंगले बुझ्न यो भेट एक ‘वाच टावर’ अर्थात ( निगरानी स्तम्भ )जस्तै बन्न सक्नेछ – जहाँबाट आगामी राजनीतिक ) रोड म्याप ) मार्गचित्रको दिशा अनुमान गर्न सकिन्छ। त्यसैले, यो भेटलाई केवल दुई जना नेताको औपचारिक भेट भनेर बुझ्नु राजनीतिक दृष्टिले अपुरोनै हुनेछ।

 

यो भेट मेरो ठम्याइमा नेपालको राजनीतिक शक्ति संरचनाभित्र फेरि उब्जन लागेको हलचलको पूर्वसंकेत हो। हिजो राष्ट्रपती बनाउदा मदन भण्डारीको परिवारलाइ अघिसारेकै हो ।आज नेकपा  एमालेको अध्यक्ष बन्न वा बनाउन किन  हिच्किचाउछन नेता हरु ? मैले बुझ्न सकिन । बाँकी अर्को अँकमा ।

       लेखक नेकपा  एमाले सर्लाही जिल्ला कमिटीका पुर्व उपसचिव हुन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.