logo

नेपाल आफ्नो इतिहासको सबैभन्दा भीषण मोडबाट गुज्रिरहेको छ

आनन्द स्वरुप बर्मा

 इसीमाना सम्वाददाता     २०८२ भदौ २६ गते ०३: ०० मा प्रकाशित     584   पटक पढिएको
नेपाली युवाहरू र विद्यार्थीहरूको आन्दोलनले सुरुमा एक ऐतिहासिक पहलको आभास दिलायो, तर केही घण्टामै यसको अराजक, बर्बर र दिशाहीन स्वरूप देखा पर्न थाल्यो। अतीतका १५० वर्षमा यहाँ अनेकौं आन्दोलनहरू भए, धेरैले बलिदान दिए, तर सामन्तवादको जकडबाट जनता मुक्त हुन सकेनन्।
 
 निःसन्देह, १९९६ मा माओवादी नेतृत्वमा सुरु भएको जनयुद्धले २००८ मा राजतन्त्र उखालेको हो। करिब २५० वर्ष पुरानो राजतन्त्र हटेर गणतन्त्र आयो। त्यो एक क्रान्ति थियो—सफल क्रान्ति। तर त्यसबेलादेखि नै राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतिक्रमणकारी शक्तिहरू सक्रिय भए।
 
नेपालमा माओवादीहरूको सफलता र वामपन्थी लहरले अमेरिकालाई सबभन्दा धेरै त्रसित बनायो। छिमेकी चीन नहुँदो हो र नेपाल कुनै लाटिन अमेरिकी मुलुक भएको भए, उसले आफ्ना सैनिक धेरै अघिनै उतार्थ्यो। उसले चाहेको थियो नेपाललाई पनि इन्डोनेसियाको अवस्थामा पुर्याउन, तर सकेन।
 
त्यसैले धैर्यपूर्वक उपयुक्त समयको पर्खाइ गर्यो। इधर, २००८ पछि बितेका १७ वर्षमा सत्ताको शिखरमा पुगेका नेताहरूको आचरण, भ्रष्टाचार र जनताका आधारभूत मागप्रति गरेको उपेक्षाले नेताहरू र जनताबीचको दूरी यति बढायो कि अब त्यो दूरी कम गर्न असम्भवझैँ लाग्छ।
 
 
केपी ओली हुन् वा शेरबहादुर देउबा—दुवैमा को बढी भ्रष्ट भन्ने ठम्याउन गाह्रो छ, तर प्रचण्डको यस पंक्तिमा पर्नु भनेको अत्यन्तै दुखद हो। नि:सन्देह, यी दुवैको तुलनामा प्रचण्ड कम भ्रष्ट कहलान्, तर प्रचण्ड त एक विचारधारामा अडिएका कम्युनिष्ट नेता थिए। उनको नामसँग "भ्रष्ट" शब्द जोडिनु, अरू दुवैको भ्रष्टाचारभन्दा कैयौँ गुणा बढी गम्भीर हुन्छ।
 
राजतन्त्रको अन्त्यसँगै सबैभन्दा बढी असहज अमेरिका भयो। २००३ फेब्रुअरी २८ मा वाशिङटनमा अमेरिकी उप सहायक विदेश मन्त्री डोनाल्ड क्याम्पले भनेका थिए—यदि नेपालमा माओवादी सफल भए भने यसले अमेरिकाको राष्ट्रिय हितमा चोट पुर्याउँछ।
 
 उनले नेपालको स्थितिमा अमेरिका ‘हरेक दिन’ नजर राखिरहेको पनि भनेका थिए। त्यो बेलामा जनयुद्ध चलिरहेको थियो। दक्षिण एशियामा भारतको सहयोग बिना अमेरिकाले आफ्नो प्रभुत्व जमाउन सक्दैन र भारत सधैँ राजतन्त्रको पक्षमा रह्यो। नेपालको सन्दर्भमा ‘ट्विन पिलर थ्योरी’ अर्थात् दुई स्तम्भको सिद्धान्त—एक राजतन्त्र र अर्को राजनीतिक दल—लाई स्थायित्वको आधार ठानिन्थ्यो।
 
 
 तर, यी सबैका बाबजुद प्रचण्डको नेतृत्वमा जनमुक्ति सेनाले राजा ज्ञानेन्द्रको नेतृत्वमा रहेको शाही नेपाली सेनालाई हरायो र राजधानी काठमाडौं चारैतिर घेर्यो। अमेरिका मौन बस्न बाध्य भयो।
 
त्यसपछि अमेरिकाले नेपाली सेनाभित्र घुसपैठ सुरु गर्यो र गणतन्त्र आएकोपछि यो प्रक्रियाले गति पायो। अघिदेखि भारत र नेपालबीच सेनात्मक ‘बिरादरी’ सम्बन्ध रहेको मानिन्थ्यो र त्यो हदसम्म सत्य पनि थियो।
 
तर अमेरिकाको प्रवेशप्रति आम रूपमा ध्यान दिइएन। प्रचण्डलाई यसबारे चेतावनी दिइँदा पनि उनले यसलाई सामान्य ठाने। एक अपुष्ट जानकारीअनुसार नेपाली सेनाका २०० भन्दा बढी अधिकारीहरू अमेरिका–प्रभावमा छन् र यो क्रम लामो समयदेखि चल्दै आएको छ।
 
 
सोशल मिडिया प्रतिबन्धलाई बहाना बनाएर सुरु भएको ‘जेन–जी आन्दोलन’ युवाहरूका वास्तविक मागलाई लिएर देखापरेको थियो र पहिलो नजरमा स्वतःस्फूर्त झैँ लाग्थ्यो। तर त्यो स्वतःस्फूर्त थिएन, बरु योजनाबद्ध र व्यवस्थित थियो। युवाहरूका वास्तविक गुनासोहरूलाई आफ्नो पक्षमा प्रयोग गर्ने शक्तिहरू पर्दा पछाडिबाट सञ्चालन गरिरहेका थिए र अमेरिका गणतन्त्र, लोकतन्त्र र वामपन्थविरोधी आफ्नो एजेन्डा लागू गर्न प्रतिक्रान्तिको तयारी गर्दै मैदानमा उत्रिसकेको थियो।
 
 
मलाई आन्दोलनको दोस्रो दिनमै यसको आभास भयो, जब समाचार आयो कि सेनाप्रमुखले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन भनेका छन्। यसअघि नेपालमा कहिल्यै पनि सेनाप्रमुखले निर्वाचित प्रधानमन्त्रीलाई आदेश दिने आँट गरेको थिएन। आन्दोलनकारीहरूले जति ठूलो मात्रामा सरकारी सम्पत्ति नष्ट गरे, त्यसले पनि देश र जनताप्रति उनीहरूको प्रतिबद्धता कस्तो थियो भन्ने देखायो।
 
यो आन्दोलन कसले सञ्चालन गर्यो भन्ने कुरा विस्तारै बाहिर आउँदैछ। मुख्य पात्रहरूमा छन्—काठमाडौं महानगर प्रमुख बालेन्द्र (बालेन) शाह र ‘हामी नेपाल’ नामक एनजीओका सञ्चालक सुदन गुरुङ। २०२३ मा टाइम पत्रिकाले चयन गरेका १०० व्यक्तिहरूमध्ये बालेन शाह पनि परेका थिए। सुदन गुरुङको ‘हामी नेपाल’ एनजीओलाई केही अमेरिकी कम्पनीहरूले करोडौँ रुपैयाँको आर्थिक सहयोग दिएका छन्।
 
अहिले नै नेपाल कुन दिशामा जानेछ भन्ने भन्न हतार हुनेछ। तर यसमा कुनै शंका छैन कि नेपाल आफ्नो इतिहासको सबैभन्दा भीषण मोडबाट गुज्रिरहेको छ। दुई दिनको पागलपनपछि अब नेपालका सचेत वर्ग पनि आत्ममन्थन गर्दैछन्—यो सबै कसरी भयो!
 
त्यसैले आज सबभन्दा ठूलो आवश्यकता हो–अत्यन्त सजग र सतर्क रहनु ।
 
नेपाल मामिलामा गहिरो चासो राख्ने बर्मा  भारतीय बरिष्ठ पत्रकार हुन । भौतीक मल्लको फेसबुक पेजबाट यो आलेख सभार गरिएको हो - सम्पादक

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.