logo

सकिन मायालाई पाउन सार्वजनीक हुने

      4/17/2017 गते 00 00 मा प्रकाशित     1280   पटक पढिएको

वीरगञ्ज, ४ बैशाख र माया पछिको बिछोडलाई शब्दमा वर्णण गरि रचिएकोे गीत “सकिन मायालाई पाउन” प्रिमियरका लागि तयार भएको छ । पछिल्लो समय विभिन्न कार्यक्रमहरुमा सांगितिक प्रस्तुती दिदैँ चर्चामा रहेका गायक चन्दन प्रजापतिको डेब्यु गीत हो ूसकिन मायालाई पाउनू । गायक प्रजापतिकै शब्द, स्वर र संगीतमा रहेको सो गीत भिडियो सहित सार्वजनिक गरिने छ । गीत सकिन मायालाई पाउनको भिडियोमा मिस्टर हैण्डसम् वीरगञ्ज २०१६ निर सर्राफ, सोनु भटट्राई, सनि निधि र सिवानी श्रेष्ठको अभिनय रहेको छ । सो भिडियोको निर्देशन विकास प्रजापतिले गरेका छन् भने सहायक निर्देशकमा बैजु ठाकुर रहेका छन् । मायालाई मुख्य विषयवस्तु मानी लेखिएको गीत सकिन मायालाई पाउन को निर्माण स्टुडियो चित्रलेखाले गरेको छ । ूसकिन मायालाई पाउन मेरो पहिलो गीत हो र यसबाट मैले निकै नै आशा राखेको छुू गायक प्रजापतिले बताए । भिडियोको बारेमा कुराकानी गर्दै गायक प्रजापतिले गीतले व्यक्त गर्न चाहेको भावनालाई भिडियोमा राम्ररी समेटिएको बताएका छन् । भिडियोले दर्शकलाई गीतले व्यक्त गर्न चाहेको भावना झन् स्पष्ट हुने गायक प्रजापतिको तर्क छ । गीतले दर्शक श्रोताको माया पाउनेमा आफु विश्वस्त रहेको गायक प्रजापतिले बताएका छन् । लामो समयको पर्खाई पछि सकिन मायालाई पाउन सार्वजनिक हुन लागेको छ । प्रिमियर यहि शनिबार हुने बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.