logo

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

 इसीमाना सम्वाददाता     २०८० चैत ८ गते ०७: ५८ मा प्रकाशित     550   पटक पढिएको

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।

वर्षाका कारण एक दिन पछाडी सारिएको खेलमा जनकपुरले टस जितेर ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३२ रन जोडेको थियो । जनकपुरका लागि हिमांशु दत्तले २५ बलमा ४७ रन बनाए । ओपनरका रुपमा आएका दत्तले दुई छक्का र पाँच चौका प्रहार गरेका थिए ।

यसैगरी जनकपुरका लागि अखिलेश ठाकुरले २५, रुपेश यादवले अविजित १८, चन्दन यादवले १७ र पर्शुराम यादवले १४ रन बनाए । भैरहवाका सन्तोष यादवले चार विकेट लिए । चार ओभर बलिङ गर्दै यादवले २२ रन खर्चेर चार विकेट हात पारेका थिए । भैरहवाका अजय चौहानले दुई र इकलख वर्सीले एक विकेट लिए ।

जनकपुरले दिएको १३३ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भैरहवाले १७.६ ओभरमा ९ विकेट गुमाउँदै ८४ रन मात्रै जोड्न सफल भयो । भैरहवाका लागि अमर मिश्रले २५, प्रकाश गिरीले १४, सन्तोष यादवले १३, मनिष थापाले १२ र निश्चल चौधरीले १० रन बनाए । अन्तिम विकेटका रुपमा रहेका महेश भार घाइते भएका कारण भैरहवाले ९ विकेटमै इनिङ समाप्तिको घोषणा गरेपछि जनकपुर ४८ रनले बिजयी भएको हो ।

जनकपुरका रुपेश यादव, रोहन यादव र अभिजित मण्लले समान दुई विकेट लिए भने बिशाल सुस्लिङ, साइमोन रोय, बी धवन सहनीले समान एक विकेट हात पारे । जनकपुरका कप्तान दत्त ‘शुभारम्भ प्लेयर अफ दि म्याच’ घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिका १४ की वडाध्यक्ष चयन गुरुङले पुरस्कृत गरेकी थिईन् ।

जीतसंगै जनकपुरले प्रतियोगिताको फाइनलमा पुग्ने आशा जिवित राखेको छ । पहिलो खेलमा मकवानपुरसंग ३१ रनले पराजित भएको जनकपुरलाई प्रतियोगिताको उपाधि होडमा उभिन भैरहवाविरुद्ध फराकिलो जीत आवश्यक थियो ।

अब भैरहवालाई पनि प्रतियोगिताको फाइनलमा पुग्न समूह ‘बी’ को अन्तिम खेलमा शुक्रबार मकवानपुरलाई फराकिलो जीत निकाल्नुपर्ने हुन्छ । अन्तिम खेलमा भैरहवा बिजयी भए रनरेटका आधारमा फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । तर मकवानपुरले जीत हात पारे समूह विजेता हुँदै उसले पर्सा क्रिकेट संघसंग फाइनल खेल्नेछ ।


आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लब र कलैया क्रिकेट क्लबविरुद्ध जीत निकाल्दै पर्सा फाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिता फाइनल खेल चैत्र १० गते हुनेछ । अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.