logo

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

 इसीमाना सम्वाददाता     २०८१ बैशाख ५ गते ०८: ४५ मा प्रकाशित     1052   पटक पढिएको

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ । कलेजमा कक्षा १२ मा अध्ययनरत २ सय ५३ जना विद्यार्थीहरुको बिदाई अवसरमा एप प्रशिक्षण कार्यक्रमको समेत आयोजना गरेको हो

बिद्यार्थीलाई प्रशिक्षण दिदै मधेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले राम्रो नेतृत्वका लागि असल आचरण आवश्यक रहेको बताए ।

May be an image of ‎5 people, dais and ‎text that says '‎प्राशिक्षण तथा बिदाई कार्यक्रम कशषा-१श earn 079 बैशाख y गते rn 855432031X خقی +977-5 -977-5 dege lege@gmail.comfhirm @ gmail.com hiray birgunjcellege.com‎'‎‎

उनले नेतृत्व सकारात्मक र नकारात्मक दुवै काममा हुने बताउदै असल कामको नेतृत्वका लागि असल आँचरण आवश्यक रहेको बताए । क्याम्पस प्रमुख विनोद गुप्ताले कक्षा १२ को अध्ययनपछि विद्यार्थीले आफ्नो थप भविष्य निर्माणको लागि आफूलाई निखार्नुपर्ने बताए ।

आफूलाई शिक्षामा निखारेर त्यसलाई व्यवहारिक जीवनमा लागू गर्न सके मात्रै जीवन जिउनुको सार्थकता हुने बताए । कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीले विद्यार्थीहरुको १६ बर्षदेखि २४ बर्षसम्मको उमेर सुन्दर भविष्यको खोजी गर्ने महत्वपूर्ण समय भएकोले यहि समयभित्र अध्ययनपूरा गरी आफूलाई परिपक्व बनाउन सुझाव दिए ।

May be an image of 4 people, speaker, dais and text
डाक्टर दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको प्रशिक्षण सत्रको कार्यक्रममा नारायणी एफ.एमका स्टेशन मेनेजर नीरज पिठाकोटे, नेपाल पोष्ट दैनिकका सम्पादक मनोज पटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच दोश्रो चरणको बिदाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु हजरा रहेका थिए ।

May be an image of 8 people, people smiling and text that says 'อกน AMliated Uintrcrnty BIRGUNJ COLLEGE BCPL Shreepur-11, Birgunj प्राशिक्षण तथा बिदाई कार्यत्रम कक्षा- รสโกกโส'

डाक्टर चौधरीकै अध्यक्षतामा भएको दोश्रो चरणको बिदाई कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी .लामिछाने, जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, सानिमा जिआईसी इन्स्योरेन्सका मधेस प्रदेश प्रमुख निशान्त लामिछाने, मानव सेवा आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ता लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

May be an image of 6 people, dais, temple and text

कार्यक्रमको स्वागत कलेजका प्रशासन प्रमुख सुरेश चौधरी र सञ्चालन कृष्णा पासवानले गरेका थिए । कार्यक्रममा कलेजका बिद्यार्थीले सांगीतक कार्यक्रम नृत्य र गीत प्रस्तुत गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।

बुहारी बलात्कार गर्ने ४१ वर्षिय ससुरा पक्राउ

गोरखा । गोरखामा एक जना ४१ वर्षिय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.