logo

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

 इसीमाना सम्वाददाता     २०८१ बैशाख ५ गते ०८: ४५ मा प्रकाशित     1492   पटक पढिएको

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ । कलेजमा कक्षा १२ मा अध्ययनरत २ सय ५३ जना विद्यार्थीहरुको बिदाई अवसरमा एप प्रशिक्षण कार्यक्रमको समेत आयोजना गरेको हो

बिद्यार्थीलाई प्रशिक्षण दिदै मधेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले राम्रो नेतृत्वका लागि असल आचरण आवश्यक रहेको बताए ।

May be an image of ‎5 people, dais and ‎text that says '‎प्राशिक्षण तथा बिदाई कार्यक्रम कशषा-१श earn 079 बैशाख y गते rn 855432031X خقی +977-5 -977-5 dege lege@gmail.comfhirm @ gmail.com hiray birgunjcellege.com‎'‎‎

उनले नेतृत्व सकारात्मक र नकारात्मक दुवै काममा हुने बताउदै असल कामको नेतृत्वका लागि असल आँचरण आवश्यक रहेको बताए । क्याम्पस प्रमुख विनोद गुप्ताले कक्षा १२ को अध्ययनपछि विद्यार्थीले आफ्नो थप भविष्य निर्माणको लागि आफूलाई निखार्नुपर्ने बताए ।

आफूलाई शिक्षामा निखारेर त्यसलाई व्यवहारिक जीवनमा लागू गर्न सके मात्रै जीवन जिउनुको सार्थकता हुने बताए । कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीले विद्यार्थीहरुको १६ बर्षदेखि २४ बर्षसम्मको उमेर सुन्दर भविष्यको खोजी गर्ने महत्वपूर्ण समय भएकोले यहि समयभित्र अध्ययनपूरा गरी आफूलाई परिपक्व बनाउन सुझाव दिए ।

May be an image of 4 people, speaker, dais and text
डाक्टर दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको प्रशिक्षण सत्रको कार्यक्रममा नारायणी एफ.एमका स्टेशन मेनेजर नीरज पिठाकोटे, नेपाल पोष्ट दैनिकका सम्पादक मनोज पटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच दोश्रो चरणको बिदाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु हजरा रहेका थिए ।

May be an image of 8 people, people smiling and text that says 'อกน AMliated Uintrcrnty BIRGUNJ COLLEGE BCPL Shreepur-11, Birgunj प्राशिक्षण तथा बिदाई कार्यत्रम कक्षा- รสโกกโส'

डाक्टर चौधरीकै अध्यक्षतामा भएको दोश्रो चरणको बिदाई कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी .लामिछाने, जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, सानिमा जिआईसी इन्स्योरेन्सका मधेस प्रदेश प्रमुख निशान्त लामिछाने, मानव सेवा आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ता लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

May be an image of 6 people, dais, temple and text

कार्यक्रमको स्वागत कलेजका प्रशासन प्रमुख सुरेश चौधरी र सञ्चालन कृष्णा पासवानले गरेका थिए । कार्यक्रममा कलेजका बिद्यार्थीले सांगीतक कार्यक्रम नृत्य र गीत प्रस्तुत गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.