logo

माल्दिभ्सको संसदीय चुनावमा चीन पक्षधर सत्तारुढपार्टी बिजयी

 इसीमाना सम्वाददाता     २०८१ बैशाख १० गते १६: २५ मा प्रकाशित     678   पटक पढिएको

काठमाडौ । माल्दिभ्समा आइतबार सम्पन्न भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टी पिपुल्स नेसनल कंग्रेसले भारी मतले बिजयी भएको छ ।

माल्दिभ्सबाट भारतीय सेना हटाउने अभियान चलाएका राष्ट्रपति मुइज्जुको सत्तारुढ दलले संसदको ९३ सिटमध्ये ६७ सिट जित हासिल गरेर इतिहास कायम गरेको छ ।

माल्दिभ्समा प्रभाव बढाउन खोजिरहेका भारत र चीनले संसदीय निर्वाचनको नतिजालाई नजिकबाट हेरिरहेका छन् । संसदीय निर्वाचनमा प्रमुख प्रतिपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीले १२ सिट र स्वतन्त्र उम्मेदवारले १० सिट जितेका छन् । माल्दिभ्स विकास गठबन्धन र जहुरी पार्टीले एक–एक सिट पाएका छन् ।

स्थानीय समय अनुसार हिजो बिहान ८ बजे सुरु भई साँझ ५ः३० बजेसम्म चलेको थियो । ९३ सिटकालागि देशभरका ६ राजनीतिक दल र स्वतन्त्र समूहका ३ सय ६८ उम्मेदवारले उम्मेदवारी दिएका थिए । पिपुल्स नेसनल कंग्रेसले ९० सिटमा उम्मेदवारी दिएको थियो भने प्रमुख विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टीले ८९ सिटमा उम्मेदवारी दिएको छ ।

मालदिभ्स हिन्द महासागरमा रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा अवस्थित छ। यस्तो अवस्थामा भारत र चीनले माल्दिभ्समा आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेका छन् । मुइज्जु राष्ट्रपति बनेपछि भारत र चीनबीचको द्वन्द्व बढेको थियो । यसअघि निर्वाचित भए लगत्तै मुइज्जुले चीन समर्थक अडान अपनाए र देशको एउटा टापुमा तैनाथ भारतीय सेना हटाउने काम गरेका थिए ।

राष्ट्रपति पदका लागि मुइज्जुको चुनावी अभियान ‘एक्जिट इण्डिया’ भन्ने विषयवस्तुमा आधारित थियो, जसमा उनले पूर्व राष्ट्रपतिमाथि भारतलाई धेरै महत्त्व दिएर राष्ट्रिय सार्वभौमसत्तामा सम्झौता गरेको आरोप लगाएका थिए।

माल्दिभ्समा कम्तिमा ७५ भारतीय सैनिक तैनाथ गरिएको थियो र भारतले उपहार दिएका दुईवटा विमान चलाएको थियो । यसका साथै समुद्रमा फसेका वा प्रकोपको सामना गरिरहेका मानिसहरूको उद्धार कार्यमा सहयोग पुर्‍याएको थियो। मुइज्जुले यी सेनाका कर्मचारीहरूलाई हटाउने दिशामा कदम चालेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.