logo

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

 इसीमाना सम्वाददाता     २०८० चैत १९ गते १३: ०० मा प्रकाशित     796   पटक पढिएको

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

 

बिहारमा भाजपाले १७ सिटको टिकटको निर्णय लिएको छ । भाजपाले निषादको टिकट काटेर गत निवर्नचनमा ४ लाख बढी मतअन्तरले पराजीत डॉ. राजभूषण चौधरीलाई टिकट दिएको छ । उनी मुकेश सहनीको बिवाईपी पार्टी परित्याग गरेर भाजपामा प्रवेश गरेका हुन ।

 

निषाद सहित भाजपाले अन्य केही साँसदहरुको पनि टिकट काटेको छ । जसले गर्दा बिहारमा भाजपालाई धक्का लाग्न सक्छ।
पार्टीले टिकट काटेपछि निषादले सामाजिक संजालमार्फत पार्टीको सदस्यता समेत त्यागेको घोषणा गरेका छन ।


उनी आजै भारतीय कांग्रेसमा आईमा प्रवेश गर्न सक्नेछन्। उनले सोसल मिडिया प्लेटफर्म एक्स बाट आफ्नो नाम पछि मोदीको परिवारु ट्याग पनि हटाएका छन्।


निषादका समर्थकहरुले मुजफ्फरपुरमा मल्लाहका छोरा अजय निषाद हुन् र अजय निषादले जुन पार्टीबाट टिकट पाउँछन् त्यसलाई जिताउन हाम्रो नेताले काम गर्नेछन् भन्ने खुलेर भन्न थालेका थिए । भाजपाका केन्द्रीय मन्त्री नित्यानन्द राईको पुत्ला पनि सांसद अजय निषादका समर्थकले जलाएका छन् ।

कांग्रेसले मुजफ्फरपुरबाट वर्तमान सांसद अजय निषादलाई टिकट दिएमा लोकसभा चुनावको लागि मुजफ्फरपुर फेरि हट सिट बन्नेछ, अर्कोतर्फ भाजपाको चिन्ह लिएर मुजफ्फरपुर पुगेका डा .राजभूषण चौधरी लगातार इलाकाको भ्रमण गरिरहेका छन् । 

 

निषादलाई निषाद समुदाय र भूमिहार ब्राहम्ण समुदायको साथ रहने आकलन गरिएको छ ।

 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.