logo

डान्स प्लसका निर्णायक  धर्मेश वीरगंज आउँदै

      12/30/2018 गते 00 00 मा प्रकाशित     2833   पटक पढिएको

पुस १५ पर्सा । 
लामो अन्तरालपछी वीरगंजमा अन्तराष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रम हुन लागेको छ ।  धर्मेश लाईभ इन नेपाल कार्यक्रम वीरगंजमा आयोजना हुन लागेको आज पत्रकार सम्मेलन गर्दै आयोजकले यस्तो जानकारी  गराएका हुन । 


सिटी डान्स एकेडेमी, सि आई ए पर्साको संयुक्त आयोजनामा समाजिक वातावरणमा अन्तराष्ट्रिय स्तरको कार्यक्रम  पौष २१ ग्गते शनिवार वीरगंजको आदर्शनगर रंगशालामा आयोजना हुने कार्यक्रम संयोजक राजन रौनियारले जानकारी गराएका छन् । 


कार्यक्रमका लागी भारत तथा अन्तराष्ट्रिय स्तरमा डान्सको माध्यमले ख्याती कमाएका भारतीय कलाकार धर्मेशको मुख्य आकर्षण रहने छ । कार्यक्रमा कार्यक्रममा नेपालका डान्स प्लसमा टप ५ मा पर्न सफल पर्साको सेढवाका ए स्क्वार चौधरी ब्रदर्श, यस्तै भ्वाईस अफ नेपालका विवेक परियार, मन्दिप खड्का, सदाम हुसेन, सुभम भुजेल र सिटि डान्स एकेडेमीका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी गराए । 


वीरगंजमा हालसम्म आयोजना भईरहेको कार्यक्रमहरु मध्ये यो कार्यक्रम पृथक हुने आयोजकको दावी छ ।  । अन्तराष्ट्रिय प्लेटफर्ममा अपनाईने सुरक्षाको ब्यवस्था यो कार्यक्रममा लागू गरिने छ । , दर्शक र भिआईपिको व्यवस्था समेत गरिएको आयोजक मध्येका सह संयोजक श्याम किसोरले बताए । 


जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राईभेट सक्यूरीटी गार्ड सहित २ सय भन्दा बढी सुरक्षाकर्मीका साथै २५ वटा अत्याधुनिक सिसिक्यामरा जडान सहितको सुरक्षा प्रबन्ध मिलाएको आयोजकले जनाएको छ । यससंगै नेपाल रेडक्रस सोसाइटिको समन्वयमा एम्बुलेन्स र वीरगंज महानगरपालिकाको सहयोगमा बरुणयन्त्रको समेत व्यवस्था मिलाएको छ ।

 

कार्यक्रममा स्थानीय सञ्चारकर्मी, नेपाल पत्रकार महासंघका जिल्ला सचिव युवराज खड्का, वातावरण जीउने अधारका केन्द्रीय अध्यक्ष  अकाश चौहान लगायतको उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.