logo

आपराधिक घटनामा संलग्न छ जना पक्राउ

      5/28/2017 गते 00 00 मा प्रकाशित     1140   पटक पढिएको

चितवन, १५ जेठ :

                        चितवनका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    खुकुरी प्रहार गरेको आरोपमा दुई जना र गाँजा खाएर प्रहरीमाथि नै हातपात गर्ने चार जना गरी छ जनालाई पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

    यही जेठ १२ गते नारायणगढका २८ वर्षीय विजय भुजेललाई धारिलो हतियार प्रहार गरेर फरार हुँदै आएका भरतपुर–१ का २७ वर्षीय राजकुमार गुरुङ र सोही ठाउँका २८ वर्षीय सुरेश सिलवाल पक्राउ परेको प्रहरीले जनाएको छ । भुजेलको अहिले पनि गम्भीर अवस्थामा भरतपुरमा उपचार भइरहेको छ ।

    यस्तै चितवनको रामपुरस्थित मकैवाली अनुसन्धान केन्द्रको परिसरमा प्रहरी जवान आकाश पासवानमाथि हातपात गर्नेलाई समेत आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सो घटनापछि फरार भएकामध्ये भरतपुर–१९ का विश्वजित राना, नीरज दाहाल, शक्तिमोहन गुरुङ र मिलन शाहीलाई पक्राउ गरिएको श्रेष्ठले आज जानकारी दिनुभयो ।    उनीहरूले गाँजा सेवन गरी बसेका सात जना व्यक्तिले घेरा हाली ढुङ्गा हानेर प्रहरीलाई घाइते बनाएका थिए । उनीहरूलाई केही सार्वजनिक (अपराध र सजाय) ऐन अन्तर्गत अनुसन्धान कार्य भइरहेको र अन्य फरारको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।

राजावादी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गरिदैनः संचारमन्त्री गुरुङ

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राजावादी आन्दोलनमा सहभागिता जनाउँदै ज्यान गुमाउनेहरूलाई सहिद घोषणा नगरिने स्पष्ट पारेका छन्।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.