logo

प्रहरीले नै एक युवतीको आँखा फुटाए

      1/21/2018 गते 00 00 मा प्रकाशित     1067   पटक पढिएको


बिरगंज ७ माघ । बिरगंज महानगरपालिका वार्ड नम्बर १६ नगवा स्थित भुटनदेबि माइ मन्दिरका पुजारी भूषण पासवान दासको १५ बर्षिय छोरी मुनि पासवान दासको प्रहरीले  नै एउटा आखा फुटाएको छ । बिहान ११ बजे इलाका प्रहरी कार्यालय नगवाका प्रहरी जवान दिपेन्द्र झाले चलाएको लठ्ठी लागि मुनीको बायाँ आँखामा गम्भीर चोट लागि फुटेको उनको पिता भुषणले बताए ।

प्रहरी जवान झाले लठ्ठी प्रहार गरे लगतै गम्भीर घाइते भएकी मुनीलाई अस्पताल पुर्याउनुको साटो घटना स्थल बाट फरार भएका छ्न । उनका पिता भुषणले घाइते छोरीलाइ उपचारको लागि नारायणी नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्याए पनि अवस्था गम्भीर रहेकोले उनलाइ परवानीपुर स्थित केडिया आँखा अस्पतालमा पुर्याएका छ्न । प्रहरीले घटनालाइ लुकाउने प्रयास गरे पनि घटना बाहिर आएको हो ।

प्रहरी जवान झाले घटना घटाए लगतै जिल्ला प्रहरी कार्यालयमा पुगि डिएसपि राजन लिम्बु सग १० दिने बिदा स्वीकृत गराइ भाग्ने प्रयास गरेपनि प्रहरी चौकीका इन्चार्ज रहेका प्रहरी हवल्दार रन बहादुर बम जान दिएका छैन । उनले घटना पछि प्रहरी जवान झा बारे डिएसपि राजन लिम्बूलाइ जानकारी गराइ रोक्न लगाएको बताए । पिडित भुषणको दैनिय अवस्था रहेको छ । उनको ५ जना छोरी रहेको छ ।

जेनतेन गरि आफ्नो जिबिकोपार्जन गर्दै आएका भुषणको यो घटनाले अत्यन्त चिन्तित बनाएको छ । उनले भने फागुन महिनामा छोरिको बिहेको लागि आफन्त कहाँ कुनाकनी चलाइ रहेका थिए, छोरी गाई गोठ नजिकै काम गरि रहेको अवस्थामा प्रहरीले चलाएको लठ्ठी लागि मेरो छोरीको भबिष्य नै अन्धकारमय प्रहरीले बनायो ।

घटना बारे जिल्ला प्रहरी कार्यालयमा जानकारी गराए कि गराएन बारे प्रश्न सोध्दा उनले भने जनताको रक्षा गर्ने प्रहरी प्रशासन नै भक्षक भएपछि को सग न्याय माग्ने दुखोसो पोखे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।

राजावादी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गरिदैनः संचारमन्त्री गुरुङ

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राजावादी आन्दोलनमा सहभागिता जनाउँदै ज्यान गुमाउनेहरूलाई सहिद घोषणा नगरिने स्पष्ट पारेका छन्।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.