logo

उन्चालीस दिनपछि बीरगंज ठोरी खण्डमा चल्न थाले सावारीहरु

      3/8/2018 गते 00 00 मा प्रकाशित     727   पटक पढिएको

बीरगंज २५ फागुन। 

गत माघ १६ गतेदेखि बिरगंज ठोरी सडक खण्डमा चल्न नपाएका यात्रुबाहक सवारी शुक्रवार ३९ औ दिनदेखि पुनः चल्न थालेका छन् ।आज बिहानदेखि नै आठघरे,ब्रम्हानगर र ठोरी लगायतका ठाउँहरुबाट बीरगंजका लागि यात्रुबाहक बस र टाटासुमो छुटेका हुन् ।

 

गत माघ १६ गतेदेखि ठोरी गाउँसभाको पहिलो बैठकको निर्णय खारेजीको माग राखेर आन्दोलनरत सुवर्णपुरबासीले बन्द आव्हान गरेकोले यातायात संचालन हुन सकेको थिएन ।

 

गत  माघ १८ गतेदेखि नै गाउँपालिकाको मध्य भागमा सेवा केन्द्र हुनुपर्ने माग राखेर गरेको आन्दोलनका कारण अबरुद्ध सवारी संचालन स्थानीय सरकारले छुट्टाछुट्टै कार्यदल बनाएर हल गर्ने सहमति गरेसंगै भाडाका सवारी चल्न थालेका हुन् ।

गत मंगलबार सुवर्णपुरका आन्दोलनकारी संग रेडियोबिजयबस्तिको कार्यालयमा भएको वार्तामा अधिकार सम्पन्न उच्चस्तरीय कार्यदल बनाउन स्थानीय सरकार लचिलो भएपछि आन्दोलनकारी एक सातासम्म्को लागि यात्रुबाहक सवारी चल्न दिन सहमत भएका थिए।

 

त्यस्तै हिजो ईलाका प्रहरी कार्यालय ठोरीमा भएको वार्तामा पनि उच्चस्तरीय अधिकार सम्पन्न कार्यदल बनाउन गाउँपालिका सहमत भएपछि वडा न ३ का आन्दोलनकारीले पनि चैत २ गतेसम्म सबै सवारी संचालन गर्न दिने सहमति गरेका थिए।

छुट्टाछुट्टै कार्यदल बनाएर दुबै तर्फका आन्दोलनकारीहरुका असन्तुष्टिहरुलाई प्याकेजमा छ्लफल गर्न गाउँपालिकाले १३ सदस्यीय कार्यदल गठन गर्ने सहमति गरेको छ।सुवर्णपुरको असन्तुष्टि हल गर्न १३ सदस्यीय कार्यदल गठन भैसकेको छ भने वडा ३ को समस्या हल गर्न कार्यदल गठनको प्रक्रिया सुरु भैसकेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

घर बहाल करका बिषयमा महानगर र घरधनीवीच छलफल, कर नतिरे सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी

वीरगंज । रगंज महानगरपालिकाले महानगरको आम्दानी सुनिचत गर्नकालागि महाानगरका नागरिकलाई करको दायरामा आउन अपिल गरेको छ ।

रेबिज लागेर चितवनको इच्छाकामनाका  प्रजाको मृत्यु

चितवन । रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.