logo

नातीको हत्या अभियोगमा हजुरवुवा पूर्पक्षकालागि जेल चलान

      8/16/2018 गते 00 00 मा प्रकाशित     734   पटक पढिएको

साउन ३१ बीरगंज ।
आफ्नै नातीको हत्याको आरोप लागेका हजुरवुवा र ठुलीआमा लाई पर्सा जिल्ला अदालतले पूर्पक्षकालागि जेल चलान गरेको छ ।

 

पर्सा जिल्लाको बहुदरामाई नगरपालिका वडा नं २ बैरिया बिर्ताका ताराचन्द साह र रिता देवी साहलाई साउन ३० गते अदालतले पूर्पक्षकालागि जेलमा राख्ने आदेश दिएको हो ।

 

बैरिया बिर्ताका शिवजी साहको छोरा ६ वर्षिय आयोग साहको असार ३१ गते साहको घरदेखी ३ सय मिटर उत्तर तर्फ रहेको पोखरिमा शव फेला परेको थियो ।

 

 
६ वर्षिया बालक साहलाई हजुरबुवा र ठुली आमा मिलेर घाँटी बटारी कर्तब्य गरि हत्या गरेको अनुसन्धानको क्रममा खुलेका पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए  ।


जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धानका क्रममा फेला परेको दशी र प्रमाणको आधारमा सरकारी वकील मार्फत जिल्ला अदालतमा पेश गर्दा उनीहरुलाई पूर्पक्षमा राख्ने आदेश भएको हो ।

 

ताचाचन्द साह मृतक बालक आयोग साहका हजुरवुवा हुन भने रिता देवी ठुली आमा हुन । तर के कती कारणले बालकको हत्या गरिएको हो भन्ने कारण भने अझै नखुलेको प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.