logo

प्रेस प्रति प्रदेश २ सरकार निकै अनुदार प्रस्तावित बिधयकको सर्वत्र आलोचना

      5/17/2019 गते 00 00 मा प्रकाशित     965   पटक पढिएको

बीरगंज ३ जेठ । 
प्रदेश २ को सरकारले  प्रेसलाई अंकुश लगाउन कडा कानूनको मस्यौदा प्रदेश सभामा टेवुल गरेको छ । प्रदेशमंत्री परिषदले सैद्धान्तिक सहमती दिएपछि मात्रै बिधयले प्रदेशसभामा प्रवेश पाएको हो । संघीय सरकारले प्रेसलाई आफ्नो नियन्त्रणमा  राख्ने उद्धेश्यले राष्ट्रीय  सभामा मिडिया काउन्सिल बिधयक टेवुल गरेको छ ।

 

प्रेसलाई नियमनको नाममा नियन्त्रण गर्न संघीय सरकारभन्दा प्रदेश २ को सरकार बढी आक्रमक देखिएको छ।
प्रतावित मस्यौदाका कडा प्रावधानहरुमा सुधारको माँग राख्दै नेपाल पत्रकार महासंघ, पर्साको अगुवाईमा शुत्रलवार जिलला प्रशासन कार्यालय पर्सामा घेराउ सम्पन्न भएको छ । 

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश २ को संसदमा पेस गरेको संचारसम्बन्धी विधेयकमा संचारकर्मीलाई एक करोड रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान राखेपछि प्रदेशका संचारकर्मीले त्यसबिरुद्ध आन्दोलीत भएका छन। वीरगञ्जमा जिल्ला प्रशासन कार्यालय अगाडी बिहान ११ बजेदेखि आयोजित कार्यक्रममा बोल्दै प्रदेश २ का महासंघका अध्यक्ष दीपेन्द्र चौहानले लोकतान्त्रिक व्यवस्थाउपर संघीय र प्रदेश सरकारले निर्लज्जतापुर्वक प्रहार गरेको टिप्पण्णी गरे।

‘अहिलेको अवस्थाले देशका समग्र संचारकर्मीलाई उद्वेलित गरेको छ, संघीय सरकारले ल्याएको प्रेस काउन्सिल विधेयकप्रति नेपाल पत्रकार महासंघको तीनै तह आन्दोलित रहेको अवस्थामा प्रदेश सरकारले त्योभन्दा दुई कदम अगाडी बढेर आफ्नो विधेयकमा जरिवानाका प्रावधानहरु राखेको छ, त्यो निन्दनीय छ’ चौहानले भने, ‘मुख्यमन्त्री लालबाबु राउतसँग सोध्दा उहाँले अनभिज्ञता प्रकट गर्नु भयो, प्रदेशका महान्याधिवक्ता दिपेन्द्र झासँग यसबारेमा बुझ्छुँ भन्नु भयो, प्रदेशको मुखियाले यस प्रकारको जवाफ दिनु कतिको सन्तुलित छ, मुल्यांकन गरौं।’

प्रदेशका उपाध्यक्ष के.सी. लामिछानेले पत्रकारहरुलाई नियमनका नाममा नियन्त्रण गर्न संघीय सरकारले ऐनको विधेयक राष्ट्रियसभामा पेश गरेकोमा सबै सञ्चारकर्मी, नेपाल पत्रकार महासंघ र वर्तमान प्रेस काउन्सिलसमेत असहमति जनाएको बताए। संघीय सरकारभन्दा प्रदेश २ को सरकार प्रेसप्रति अझ बढी आक्रमक र अनुदार  देखिएको उनको भनाई छ।

 

महासंघको प्रदेश समितिको तर्फबाट जुन मस्यौदाउपर राय सुझाव दिइएको थियो त्योभन्दा निकै फरक र गलत मनसायसाथ प्रदेश सरकारले उक्त विधेयक ल्याएको उनको भनाई छ। उनले सुरुको मस्यौदा समेत देखाए। राष्ट्रको अखण्डता र सार्वभौमसत्ताभन्दा सबै प्रदेशले अंगिकार गर्नुपर्नेमा प्रदेश सरकारले ल्याएको विधेयकमा प्रदेशको  र सार्वभौमसत्ताको कुरा गरिएको  र यो पनि सोंचनीय रहेको उपाध्यक्ष लामिछानेले बताए।

उक्त विधेयकमा एउटा ‘आमसञ्चार प्रतिष्ठान’को कुरा गरिएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री, प्रतिपक्षी दलको नेताको सिफारिसमा एक जना प्रदेश सांसद र प्रदेश सरकारका एक जना विज्ञ कर्मचारी रह्ने गरी एउटा समितिद्वारा प्रतिष्ठानको नियुक्तिको व्यवस्था विधेयकमा पेस गरिएको छ। सो प्रतिष्ठानले पत्रकारहरुलाई एक करोडसम्म दण्ड जरिवाना गर्न सक्ने प्रावधान राखिएको छ। सरकारको मन्त्री र कर्मचारीद्वारा नियुक्त हुने प्रतिष्ठान तटस्थ हुनुभन्दा नियुक्तिकर्ताप्रति कृतज्ञ भएर काम गर्ने भएपछि यसले पत्रकारहरु निशानामा पर्ने वक्ताहरुले ठहर गरे।

पछिल्लो समयमा प्रदेश सरकारले नागरिकलाई कानुन बमोजिम सूचना नदिने, सूचना लुकाउने र पत्रकारप्रति असहिष्णु व्यवहार प्रस्तुत गर्ने गरेको सञ्चारकर्मीको आरोप छ। प्रदेश सरकारमा व्यप्त भएको अनियमितता ढाकछोप गर्न यस्तो प्रवृति देखिएको वक्ताले आरोप लगाए। महासंघका प्रदेश सदस्य जगत राई र पर्सा अध्यक्ष श्याम बन्जाराले सञ्चार जगतलाई अंकुश लगाउने गरी संघीय सरकार र प्रदेश सरकारले चालेको कदम नसच्चिए कडा र निरन्तर आन्दोलन बढाउने जनाए।

यसैबीच आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले एउटा विज्ञप्ति प्रकाशित गरी प्रदेश संसदमा विचाराधीन सञ्चार सम्बन्धी विधेयकका केही प्रावधानप्रति सञ्चारकर्मीले असहमति र अस्विकारोक्ति गरेप्रति ध्यानाकर्षण भएको जनाएका छन्। उनले ‘५० लाख देखि १ करोडसम्म जरिवाना गर्ने भन्ने वाक्याशं र अन्य केही शब्दावली प्राविधिक त्रुटीवस पर्न गएकोले यसलाई सञ्चारकर्मीहरुको थप परामर्श र संशोधनबाट परिमार्जन गर्ने प्रतिबद्धता’ ब्यक्त गरेका छन्।


यसैवीच नेपाल पत्रकार महासंघ प्रदेश समिति ,मधेशी पत्रकार समाज प्रदेश समिति तथा धनुषा शाखाले बिज्ञप्ति निकालेर बिधयको कडा आलोचना गरेका छन । सरकारको यो कदम लोकतन्त्रलाई कमजोर बनाउन उद्धत रहेको उल्लेख गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

घर बहाल करका बिषयमा महानगर र घरधनीवीच छलफल, कर नतिरे सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी

वीरगंज । रगंज महानगरपालिकाले महानगरको आम्दानी सुनिचत गर्नकालागि महाानगरका नागरिकलाई करको दायरामा आउन अपिल गरेको छ ।

रेबिज लागेर चितवनको इच्छाकामनाका  प्रजाको मृत्यु

चितवन । रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.