logo

गोली हानेर अपहरणकारी गिरफ्तार,अपहरित बालक सकुशल

      11/5/2019 गते 00 00 मा प्रकाशित     956   पटक पढिएको

बीरगंज २० कार्तिक । 
गएराती वीरगञ्जको  सिर्सिया खाल्वाटोलाबाट प्रहरीले गोली हानेर एकजना अपरहणकारीलाई नियन्त्रणमा लिएको छ । 

साथै अपहरणमा परेका काभ्रेका एक बालकको पनि सकुशल उद्धार भएको छ । अपहरणकारीले फिरौती रकम बुझने बेलामा प्रहरीले अप्रशेन गरेको हो । 


प्रहरीले पर्साको पोखरीया नगरपालिका–८ बस्ने राजकुमार दासलाई गोली हानी नियन्त्रणमा लिएको छ। गोली दासको दाहिने खुट्टामा लागेको छ ।

दास पक्राउ बारे जिल्ला प्रहरी कार्यालय पर्साले अहिले १० बजे पत्रकार सम्मेलन गरेर बिस्तृत जानकारी दिने पर्सा प्रहरी प्रमुख सोमेन्द्र सिंह राठोरले बताउनु भयो । 

काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि प्रहरीले दासलाई गोली हानी नियन्त्रणमा लिएको एसपी राठौरले बताउनु भयो । साथै बालकको सकुशल उद्दार गरिएको उनको भनाइ छ ।

गोली लागेर घाइते भएका अपहरणकारीको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.