logo

बीरगंजमा पत्रकारको दक्षता अभिबृद्धिकालागि तालिम तथा तीन दिने फोटो प्रर्दशनी हुने

      1/25/2020 गते 00 00 मा प्रकाशित     766   पटक पढिएको

वीरगंज । नेपाल पत्रकार महासंघ प्रदेश समिति प्रदेश नं २ र नेपाल फोटो पत्रकार महासंघको संयुक्त आयोजनामा बीरगंजमा फोटो पत्रकारहरुकालागि आधारभूत तालिम र  तीन दिने फोटो प्रर्दशनी हुने भएको छ ।

आउदो फागुन १६,१७ र १८ गते बीरगंजमा प्रदेशस्तरीय अधारभुत फोटो पत्रकारिता तालिम र फोटो प्रर्दशनी हुने नेपाल पत्रकार महासंघ केन्द्रीय प्रशिक्षण बिभागका प्रमुख कृष्ण गिरीले बताउनु भयो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र नेपाल फोटो पत्रकार महासंघ केन्द्रीय समितिले साझेदारीमा फोटो पत्रकारहरुको बृतिबिकासमा काम गर्न सहमती जनाएका छन ।

नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रमा त्यस कामको जिम्मेवारी केन्द्रीय प्रशिक्षण बिभागलाई दिइएको छ । बिभागले तालिमका बिषयमा समन्वय गर्ने गर्दछ । र प्रदेश र जिल्ला स्तरमा संयाुक्ता आयोजनामा कार्यक्रमहरु संचालन हुने गरेको छ । 


फागुनमा हुने तालिम तथा फोटो प्रर्दशननी कार्यक्रमको स्थानीय ब्यवस्थापको जिम्मेवारी भने नेपाल फोटो पत्रकार महासंघ पर्सा शाखालाई दिइएको छ ।  शाखा स्थानीय ब्यवस्थापलाई लिएर आज शाखाको बैठक सम्पन्न गरेको छ । शाखा अध्यक्ष बिजय चौहानको अध्यक्षतामा भएको बैठकले नेपाल फोटो पत्रकार महासंघ पर्सा शाखाको बीरगंजमा आयोजना हुने तालिम तथा प्रर्दशनीको भब्य ब्यवस्थापन गर्ने निर्णय गरेको छ ।

 तालिममा प्रदेश नं २ ८ वटै जिल्लाका क्रियाशिल फोटो पत्रकार ३० जनाको सहभागिता रहने जनाइएको छ । प्रर्दशनीमा प्रदेश नं २ को कला संस्कृति,परम्परा जनजीवन ऐतिहासिकता झल्काउने खालका ६० भन्दा बढी फोटोको प्रर्दशनी गरिने नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मीले जानकारी दिनु भयो ।

 

आठबटै जिल्लाका फोटो पत्रकारहरुले प्रर्दशनीमा आफनो फोटो राख्न पाउने छन  ।  नेपाल फोटो पत्रकार महासंघले छनौट गरेका फोटो मात्र प्रर्दशनीमा समावेश हुने छ । पत्रकारिता तालिममा पाँच जना प्रशिक्षकले सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान दिने छन । तालिम बाट प्रदेश नं २ का कम्तिमा ६ जना फोटो पत्रकारिता सिकाउन सक्ने प्रशिक्षकको उत्पादन हुने अपेक्षा लिइएको छ ।

 

फोटो बिनाको समाचार खल्लो हुने र समाचारको सत्यताकोलागि फोटोको महत्व अत्यधिक हुदै गएकोले गुणात्मक फोटो आवश्यक रहेकोले फोटो पत्रकारिता तालिमको आयोजना गर्न लागिएको नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले बताउनु भयो ।

बैठकमा नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मी नेपाल पत्रकार महसांघका केन्द्रीय प्रशिक्षण बिभाग प्रमुख कृष्ण गिरि नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी. लामिछाने, पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, सचिव युवराज खडका,   लगायतको उपस्थिति रहेकोे फोटो पत्रकार महासंघ पर्साका सचिव तिवारी यादवले वताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

शोसक वर्गले संघीयता विरुद्ध षड्यन्त्र गरिरहेको  जनमत अध्यक्ष डा. राउतको दावी

वीरगंज । बिभिन्न पार्टी परित्याग गरि दर्जनौ ब्यक्तिहरु जनमत पार्टीमा प्रवेश गरेका छन ।

पाँच करोडको लागतमा  चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

चलचित्र ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। करिब ५ करोड लगानी लागत अनुमान गरेर निर्माणमा होमिएको निर्माण टिमले चलचित्रको टाइटल सार्वजनिक गर्दै यस चलचित्रले प्रेम, संघर्ष र साहसको अद्वितीय कथा नेपाली दर्शकमाझ प्रस्तुत गर्ने जानकारी दिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.