logo

दैनीक ज्याला गरेर जीवन चलाउनेहरु समस्यामा ,सामाजिक संस्थाले ३६ परिवारलाई दियो राहत समाग्री

      5/23/2020 गते 00 00 मा प्रकाशित     1333   पटक पढिएको


जिराभवानी गाउँपालिकाको वडा नं १ महादेवपट्टीको गम्हरिया टोलका अति बिपन्न ३६ परिवारलाई आज राहत सामाग्री बितरण गरिएको छ ।

 

स्थानीय युवाले समस्यामा परेका त्याहाका बासिन्दालाई  सहयोग अवश्यक रहेको भन्दै अपिल गरेपछि राहत सामाग्रीको ब्यवस्था गरिएको सामाजिक अभियान्ता प्रकाश थारुले जानकारी दिनु भयो ।

 

दैनीक ज्यालादारी गरेर जीवीकोवार्जन गर्दै आएका आदीवासी धाँगड साुदायको ३६ परिवारकालागि भिसिएन नामक संस्थाले राहत सामाग्री उपलब्ध गराएको हो ।  


राहत सामाग्रीमा १५ किलो चामल , दाल , आलु , तेल , नुन , हात धुने साबुन लगायत रहेको सामाजिक अभियन्ता थारुले बताउनुभयो ।

 

भीसीएन नामक संस्थाका अध्यक्ष दिपक चापागाई  र उपाध्यक्ष राधा मतांगीले गरीब परिवारलाई राहत सामाग्री वितरण गर्नुभएको हो । 


लकडाउन भएको समयदेखी नै दैनिक ज्यालादारी गर्ने मजदुर , अति विपन्नहरु मारमा परेको उक्त टोलका मजदुर , गरीब , अति विपन्न समुदायका स्थानीयले स्थानीय तह , प्रदेश सरकारको तर्फबाट राहतको नाममा  हालसम्म केही पाएका थिएनन ।

 

वडा नम्बर १ को गम्हरीयाटोलमा राहत पुगेपनि   नजिकको बेल्डारी ,पकडीटोला लगायतका स्थानमा अझ सम्म पनि स्थानीयहरुले राहतको नाममा केही नपाएको र सहयोगको आवश्यक्ता रहेको अभियानता थारुले बताउनुभयो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

घर बहाल करका बिषयमा महानगर र घरधनीवीच छलफल, कर नतिरे सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी

वीरगंज । रगंज महानगरपालिकाले महानगरको आम्दानी सुनिचत गर्नकालागि महाानगरका नागरिकलाई करको दायरामा आउन अपिल गरेको छ ।

रेबिज लागेर चितवनको इच्छाकामनाका  प्रजाको मृत्यु

चितवन । रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.