logo

मधेश प्रदेश तस्करकरीको स्वर्ग, राजस्वचुहावट बढ्यो, प्रहरी नाजायज नजराना कुम्ल्याउन अभ्यस्त

 इसीमाना सम्वाददाता     २०८० फागुन २९ गते ०९: ५८ मा प्रकाशित     508   पटक पढिएको

बीरगंज । मधेश प्रदेशका पर्सा देखी सप्तरी सम्मका आठ जिल्ला अहिले अनधिकृत कारोवारको मुख्यकेन्द्र बनेको छ ।

 

राजस्व छलीको कारोवारको मुख्य केन्द्र बनेकै कारण भंसार राजस्व असुलीको लक्ष्य प्राप्त गर्न भंसार कार्यालयहरु असफल भएका छन ।


सीमाको छेउमा बसेर सीमाको रक्षा र अनधिकृत कारोवारको रोकथाम गर्न जिम्मेवारी पाएको सशस्त्र प्रहरी र नागरिकको ज्यान धनको सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरीको प्रदेश नेतृत्व नै अनधिकृत कारोवारबाट आउने प्रतिफल कुम्लाउन अभ्यस्त रहेकोले तस्करी बढ्ने र राजस्व चुहावट बढने भएको छ ।


यत्रो जनशक्ति परिचालन भएको छ तर पनि राजस्व संकलन अपेक्षाकृत सफल हुन सकेको छैन । भंसारका एक अधिकृत भन्छन त्यही कारण राजस्व संकलन प्रभावित भयो ।

 

स्वय भंसार कार्यालय र त्यसका प्रमुखहरुको कार्य सम्पादनमा अनेकौ प्रश्न नउठेका भने होइनन । ठूल्ठूला ब्यापारी र तस्करहरुलाई भन्सारले नै सुबिधा प्रदान गरी एउटै प्रज्ञापन पत्रबाट ३र४ खेप सामान ल्याउने अवसर प्रदान गरेको बीरगंज भन्सारका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी भंसार कार्यालयहरु र प्रधानमंत्री मातहत रहेको राजस्व अनुसन्धान बिभागको भ्रष्ट कर्मका कारण राजस्व घटने र गैर कानूनी काम गर्नेहरुले नाजायज ढंगबाट कुस्त कमाउने बतावरण बनेको छ ।

 

नेपाल प्रहरीका मधेश प्रदेशका प्रमुख डीआईजी पोखरेलले नै सरुवा भएका प्रहरी कर्मचारीलाई रमाना नदिई बारा र पर्साको घुमुवाका रुपमा अतिरिक्त कमाईका लागि खटाएका छन् ।

प्रहरी मुख्यालले गरेको सरुवालाई चुनौती दिएर बारा पर्सामा डीआईजीका लागि भन्सार राजस्व छलेर कारोवार गर्नेहरुसँग डिल गर्नमा परिचालित गरेका छन् ।

मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलले प्रदेशभर आधा दर्जन भन्दा बढी घुमुवा खटाएर असुली धन्दालाई बढावा दिएको प्रहरी स्रोत बताउँछ ।

 

आफ्नो जागिरे जीवनमा रौतहटको प्रमुख र मधेश प्रदेश जनकपुरमा एसएसपी बसेका डिआइजी आय आर्जनबारे ब्यापक अनुभव छन त्यसकै कारण उनले हिजोका दिनमा तस्करसंग नेटवर्क बनाएका प्रहरी कर्मचारी परिचचालन गरेका छन ।


पोख्रेलले धनुषामा सुरेन्द्र ठाकुर,पर्सा जिल्लामा कार्यरत असई प्रमोद सिंह, प्रज राजकुमार गुरुङ, प्रहरी हवल्दार उपेन्द्र यादव सर्लाही, प्रबह सुरेन्द्र ठाकुर जनकपुर र प्रह शैलेश पटेल बारा जिल्लामा डीआईजी पोखरेलले असुलीको लागि खटाएको प्रहरी स्रोत बताउँछ।

बारा जिल्लामा कार्यरत असई वीरेन्द्र यादवलाई पनि समन्वयको लागि परिचालन गरिएको स्रोतले बताएको छ ।सर्लाहीको नारायणपुर, संग्रामपुर, त्रिभुवन नगर र खुटौना, महोत्तरी जिल्लाको मटिहानी, मारुवाही र सम्सी नाकाबाट ब्यापक तस्करी भइरहेको स्थानीयसमेत बताउँछन् ।

यसैगरी सिरहा जिल्लाको माडर, ठाडी, बरियार पट्टी, चतरी र झाँझपट्टी नाका र सप्तरीको छिनमस्ता, नर्घो, बेल्ही, पातो, बोदे वर्षाइन र स्वर्णपट्टी नाकाबाट तस्करी भारी मात्रामा भइरहेको छ ।

भारतबाट खाद्यान्न, लत्ता कपडा, मोटर पार्ट्स, इलेक्ट्रोनिक्स आइटम, प्याज, पान मसाला, सुर्ती नेपालतर्फ आइरहेको छ भने भारततर्फ चिनियाँ स्याउ,रक्सी र लसुन गइरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.