logo

मध्य तराईका सुरक्षा निकायलाई अपराध नियन्त्रणमा शून्य सहनशिलता अपनाउन गृहमन्त्री लेखकको निर्देशन

 इसीमाना सम्वाददाता     २०८२ भदौ १५ गते ०२: १८ मा प्रकाशित     299   पटक पढिएको

वीरगन्ज । तीन दिनको बिशेष भ्रमणमा वीरगंज आइपुगेका नेपाल सरकार गृहमन्त्री रमेश लेखकले बारा र पर्साको शान्ति–सुरक्षा, सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रण र धार्मिक सहिष्णुताको संवेदनशील विषयमा सुरक्षा निकायलाई ठोस निर्देशन दिएका छन्।

 

वीरगन्जमा आज आयोजित कार्यक्रममा उनले दुवै जिल्लाका सुरक्षा प्रमुखहरूसँग प्रत्यक्ष ब्रिफिङ लिँदै भारतीय नम्बर प्लेटका सवारीसाधनलाई अनावश्यक दुःख नदिन पनि स्पष्ट सन्देश दिएका छन्।

 

पर्सा जिल्ला प्रशासनमा बसेको बैठकमा गृहमन्त्री लेखकले लागूऔषध कारोबार, राजस्व चुहावट, सीमा अपराधजस्ता विषयमा शून्य सहनशीलता अपनाउन निर्देशन  दिए। साथै, मधेश क्षेत्रमा धार्मिक सद्भाव बिग्रन नदिन सबै निकायलाई गम्भीर भएर लाग्न उनले आह्वान गरे।

 

हालै फैलिएको हैजा (कोलेरा) नियन्त्रणमा पनि सुरक्षा समिति जिम्मेवार भएर सक्रिय हुनुपर्नेमा उनले जोड दिए।

 

यो भ्रमणमा गृहमन्त्रीसँगै कानुनमन्त्री अजयकुमार चौरसिया, खानेपानी मन्त्री प्रदीप यादव, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार र राजस्व विभागका प्रमुखहरू समेत सहभागी थिए। गृहमन्त्री लेखक सोमबारसम्म वीरगन्जमा रहनेछन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.