logo

लिपुलेक, कालापानी र लिम्पियाधुराको बिषयमा प्रधानमन्त्रीले चीनमा लिनु भएको स्ट्याण्ड उचितः गृहमन्त्री लेखक

 इसीमाना सम्वाददाता     २०८२ भदौ १६ गते ०२: १९ मा प्रकाशित     501   पटक पढिएको

वीरगंज । वीरगन्ज । गृहमन्त्री रमेश लेखकले लिपुलेक, कालापानी र लिम्पियाधुराको बिषयमा प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा प्रकट गरेको आपत्ति उचित रहेको बताएका छन ।

 

नेपाल प्रेस युनियन पर्साले सोमवार वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । यसले भारतसँगको सम्बन्धमा कुनै असर नपर्ने उनको भनाइ छ।

 

 “ लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि नेपालको हो । हामीले हाम्रो भूमिलाई हाम्रो भूमि हो भन्दा कुनै पनि देशसँग हाम्रो सम्बन्ध बिग्रिनुपर्ने कारण छैन,” उनले भने, “यसमा मित्रराष्ट्र भारत र चीनले पनि चित्त दुखाउनुपर्ने कुनै कुरा छैन । त्यो भूमि हाम्रो हो । यसमा हामी प्रष्ट छौँ ।”


गृहमन्त्री लेखकले संविधान संशोधनको विषयमा नेपाली कांग्रेस र नेकपा एमाले स्पष्ट रहेको र राष्ट्रिय सहमतिबाट अघि बढ्ने वातावरण बन्नुपर्ने धारणा  राखे।

 

कार्यक्रममा वीरगन्जमा फैलिएको हैजाबारे पनि गृहमन्त्रीले ध्यानाकर्षण गराउँदै औषधि, थप जनशक्ति र आवश्यक सहयोगमार्फत हैजा नियन्त्रणका लागि सरकारले तत्परता देखाउने आश्वासन दिए।

 

गृहमन्त्री लेखकले नेपालको बहुजातीय, बहुभाषिक र बहुधार्मिक समाजमा स्थायी सद्भाव कायम राख्न सञ्चारमाध्यमको योगदान अत्यन्तै आवश्यक रहेको बताएका छन्।

 

 उनले कहिलेकाहीँ समाजमा धार्मिक द्वन्द्व फैलाउने प्रयास हुने गरे पनि त्यसलाई न्यून गर्न पत्रकारहरूले सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए। “यदाकदा धार्मिक द्वन्द्व फैलाउने काम हुन्छ, यसमा सञ्चार जगतले द्वन्द्वलाई घटाउने भूमिका खेल्नुपर्छ,” गृहमन्त्री लेखकले भने।

 

उनले नेपाली समाजको विविधतानै  शक्ति भएको उल्लेख गर्दै सबै धर्म, भाषा र संस्कृतिका मानिसहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। साथै, मुलुकमा भइरहेका अवैध कारोबार रोक्न प्रहरी र भन्सार प्रशासनबीच घनिष्ठ समन्वय आवश्यक रहेको उनले स्पष्ट पारे।

 

प्रेस युनियन पर्साका अध्यक्ष बिजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्गटा, पर्साका सभापति एवं मधेश सरकार कृषि तथा भूमी सुधार मन्त्री जनार्दन सिंह क्षेत्री ,नेता सुरेन्द्र प्रसाद चौधरी ,प्रदेश सभाका सदस्य श्याम पटेल लगायतका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन युनियनका सचिव इरफान अन्सारीले गरेका थिए । 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.