logo

मौलीक हकको उल्लंघन गर्ने सिद्धार्थ माध्यामिक बिद्यालय प्रशासनलाई कुनै पनि शुल्क र सहयोग नलिन महानगरको स्पष्ट निर्देशन

 इसीमाना सम्वाददाता     २०८२ भदौ १३ गते ०९: १० मा प्रकाशित     726   पटक पढिएको

वीरगंज ।  वीरगंज महागरपालिका शैक्षीक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले एक पत्र लेख्दै सिद्धार्थ माविका प्राध्यानाध्यापक बिनोम मेहतासंग बिद्यालयको हिसाव किताव माँग गरेका छन । 

पत्रमा  त्यस विद्यालयको व्यवस्थापकीय तथा पारदर्शिताको सम्बन्धमा आवश्क कुरा बुझ्नु पर्ने भएकोले तपाई  विनोद मेहता उक्त विद्यालयमा प्रधानाध्यापक पदमा कार्यरत रहनु भएदेखी  हालसम्म भए गरेका आर्थिक कारोबार खुल्ने गरी आय -व्ययको यर्थाथ विवरण बैंक स्टेटमेन्ट सहित यथाशिघ्र शैक्षिक प्रशासन महाशाखा, पेश गर्न अनुरोध गरेका छन ।

 

 साथै बिद्यार्थीबाट कुनै पनि प्रकारको शुल्क र सहयोग नलिन समेत निर्देशीत गरेका छन । प्रधानाध्यापक मेहताले जुन बिद्यालयमा गएपनि अभिभावक र ब्यवस्थापन समितिको हवला दिदै बिद्यार्थी वा अभिभावकबाट शुल्क उठाउदै आएका छन ।

 

उनले देशको सम्बैधाकि प्रवन्ध र कानूनी ब्यवस्थाको खिल्ली उडाउदै शुल्क उठाउदै आएपनि सरोकारवाला निकायले हस्तक्षेप गरेको थिएन । यस पटक वडा नं १४ का अध्यक्षको पहलमा महानगरको शैक्षीक प्रशासन महाशाखाले शुल्क नलिन पत्र लेखेर मेहतालाई उनको गल्तीको महशुस गर्न स्पष्ट सन्देश दिएको छ ।

 

वीरगञ्ज महानगरपालिकाले विद्यालय प्रशासनलाई विद्यार्थीहरूबाट कुनै पनि शीर्षकमा शुल्क वा सहयोग रकम नलिन स्पष्ट निर्देशन दिएको छ। महानगरले शिक्षा सबैको अधिकार भएकाले कुनै पनि बहानामा अभिभावकलाई अतिरिक्त आर्थिक भार हाल्न नपाइने बताएको छ। 

महानगरको हस्तक्षेप पछि  श्री सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक र स्थानीय वार्ड अध्यक्षबीच केही समयदेखि जारी विवाद अन्ततः समाधान भएको छ। महानगरको हस्तक्षेप पछि बिद्यालयको  विद्यालयको पठन–पाठन प्रभावित नहुने भएको छ।

 

नेपालको संविधानको धारा ३१ (शिक्षा सम्बन्धी हक) मा “प्रत्येक नागरिकलाई आधारभूत तहसम्म निःशुल्क शिक्षा प्राप्त गर्ने अधिकारलाई मौलीक हकको रुपमा सुनिश्चित गरिएको छ।

 

सोही आधारमा शिक्षा ऐन, २०२८ र सम्बन्धित कानूनी प्रावधानअनुसार आधारभूत तथा माध्यमिक तहसम्म सार्वजनिक विद्यालयहरूले निःशुल्क शिक्षा दिनुपर्ने कानूनी व्यवस्था रहेको छ। महानगरको निर्देशन संविधान र शिक्षा सम्बन्धी कानूनी संरचनासँग मेल खाने खालको छ।

 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई विद्यालयको व्यवस्थापन र शिक्षा गुणस्तर सुधारको जिम्मेवारी दिएको छ। सोही अधिकार अन्तर्गत वीरगञ्ज महानगरले विद्यालयहरूलाई शुल्करहित शिक्षा प्रवाह गर्न निर्देशन जारी गरेको हो।

 

यो सहमति र निर्देशनसँगै विद्यार्थीहरूले अब सहज वातावरणमा शिक्षा प्राप्त गर्ने र विद्यालय प्रशासन शिक्षण–अध्यापन कार्यमा केन्द्रीत हुने विश्वास लिइएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

बारामा सुमोको ठक्करबाट ६५ वर्षिय साहको निधन

वीरगन्ज । बाराको परवानीपुर गाउँपालिका–२ मुसहरीस्थित सडकखण्डमा गएराति टाटा सुमोको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ।

दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दाका फरार अपराधी वीरगन्जमा पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.