logo

समस्यामा परेका महिलाहरुको संरक्षणकालागि आपतकालीन सहायताकोष बनाउन आवश्यक छः महानगरप्रमुख सरावगी

      12/2/2020 गते 00 00 मा प्रकाशित     759   पटक पढिएको

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले हिंसा परेका महिलाहरुको संरक्षणकालागि कोष बनाउन आवश्यक रहेको बताउनु भएको छ ।

 

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत  जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको पीडित पक्षको सहायताकोलागि स्थानीय तहको भूमिका बिषयक कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

 

उहाँले महानगरले आफनो बजेटको २० प्रतिशत नगरपाालिकाले १० र गाउँपालिकाले ५ प्रतिशत बिनियोजन गरेर कोष बनाउन समेत प्रस्ताव गनुृ भयो । उहाँले लैगिंक हिंसाका बिषय समबेदननशिल भएको चर्चा गर्दै  एकिकृत रुपमा मिलेर काम नगर्ने हो भने यो समस्या झन बढेर जाने बताउनु भयो ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख गंगा पन्तले लैङिक हिंसाको बिषयमा पर्सा जिल्लाको अवस्थाको बारेमा प्रकाश पानुृ भएको थियो । उहाँले कानूनी उपचारको बाटोमा जादा पीडिकले सजाय पाएपछि महिलाले न्याय पाएको कुरा स्थापित भएपनि अन्य धेरै कुराहरु बाँकी रहने गरेको तर्फ स्थानीय सरकारको ध्यान जानु पर्ने बताउनु भयो ।

 

उहाँले समस्यामा परेको महिलालाई संरक्षण दिने उचित प्रवन्धको अभाव रहेको बताउनु एउटा सेफ हाउस निर्माणको काममा ध्यान दिन समेत उहाँले स्थानीय तहहरुलाई आग्ह गनुृ भयो । 


उहाँले महिलामा आँट र साहस बढने गरि स्थानीय तहले कार्यक्रमीक योजना बनाएर काम गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा पटेर्वा सेगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरी, पकाहा मैनपुर गाउँपालिकाका अध्यक्ष बिजय चौरसिया र जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया मन्सुरीले आफनो गाउँपालिकाको तर्फबाट आवश्यक उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । 


जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले पछिल्लो ३ वर्षको तथ्याङ्कसहित आधारपत्र प्रस्तुत गर्दै जनप्रतिनिधिहरूको सहयोग र लैङ्गिक हिंसामा परेका पीडितहरूको लागि आपत्कालीन सहायता कोष पनि स्थापना गर्न सुझाव दिनु भयो ।


वीरगंज उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको कार्यक्रममा पर्साका १४ पालिकाका प्रमुख, उपप्रमुखहरूको सहभागिता रहेको छ। कार्यक्रममा वक्ताहरूले पर्सा जिल्लामा महिला हिंसा कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर आआफ्नो धारणा राखेका थिए।

 कार्यक्रममा इन्सेक पर्साका प्रतिनिध एवं पत्रकार के.सी. लामिछानेले समाजका शिक्षित महिलाहरू आत्मबलको अभावमा हिंसामा पर्ने गरेका, पुरुषको यातना सहने बानी परेको बताए। साथै प्राध्यापिका सुषमा द्विवेदीले स्थानीय तहले सही समयमा बजेट उपयोग नगर्दा समाजमा समस्या उत्पन्न हुने गरेको बताउनु भयो ।


कार्यक्रममा पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले कर्मचारी अभाव र सहयोगका बावजूद स्थानीय तहले राम्रो काम गरेको बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.