logo

असिना पीडितलाई राहत दिन एमालेको माग 

      3/22/2017 गते 00 00 मा प्रकाशित     1272   पटक पढिएको

सीमरा ९ चैत ।
     नेकपा एमाले बाराले असिना पीडित किसानलाई राहात दिन सरकारसंग माग गरेको छ । पार्टीका प्रचार बिभाग प्रमुख मनोज पौडेलले आज एक बिज्ञप्ति जारी गर्दै यस्तो माग गर्नु भएको हो ।  यही चैत्र ७ गते आएको असिनाले बारा जिल्लाका बिभिन्न स्थानमा किसानले लगाएको बालीमा क्षति पुर्याएको छ । त्यसैगरी गत फागुन २७ गते असिना र हावाहुरीले बारा जिल्लाका बिभिन्न स्थानमा किसानले लगाएको खेतीमा क्षति बिज्ञिप्तमा उल्लेख छ ।  किसानले लगाएको खेतीमा असिना र हावा हुरीबाट भएको क्षती प्रति नेकपा एमाले जिल्ला कमिटी बारा दुःख ब्यक्त गर्दछ । साथै यस्तो अवस्थामा सरकारले राहत बितरणमा गरेको ढीलाई प्रति नेकपा एमाले जिल्ला कमिटी बाराको गम्भिर ध्यान आकृष्ट भएको छ । सरकारलाई तत्काल क्षतिको बिवरण संकलन गरी पिढित किसानलाइ राहत उपलब्ध गराउन नेकपा एमाले,बारा जोडदार माग गर्दछ ।  
साथै मोर्चाका कार्यकर्ता द्धारा चोक चौराहामा बसी एमालेका कार्यकर्तालाई गाली गलौज गर्ने जस्ता अमर्यादीत तथा अराजनैतिक कार्य गर्ने गरेको प्रति हाम्रो ध्यान आकृष्टभएको छ । मोर्चालाई गाली गलौज र उदण्डता बन्द गरी राजनैतिक,बैचारीक प्रतिस्पर्धाबाट आफुलाई स्थापित गर्न नेकपा एमाले बारा आग्रह गर्दछ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.