logo

रास्वपा मधेश प्रदेश कमिटीमा पर्सा बाट ब्यवसायी पन्त र प्रजापती निर्बाचित

 इसीमाना सम्वाददाता     २०८० चैत २३ गते १२: २६ मा प्रकाशित     1581   पटक पढिएको

बीरगंज । होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्त राष्ट्रिय स्वतन्त्र पार्टीको मधेश प्रदेश सदस्यमा बिजयी भएका छन ।

 

मधेश प्रदेश कमिटीमा रिक्त रहेको दुई सदस्य पदकोलागि पार्टी भित्र आन्तरिक चुनाव भएको थियो । बिन्दवासीनी मन्दीरको सभाहलमा हिजो अवेर राती सम्पन्न भएको आन्तरिक चुनावबाट पन्त बिजयी भएका हुन ।


पन्तले सर्वाधिक मतभार १७ मत प्राप्त गरि बिजयी भएका हुन । अर्को सदस्यमा सुदिश प्रजापती बिजयी भएका छन । प्रजापतीले १० मतभार पाएर बिजयी भएका हुन ।

कुल २८ मतभार मतदाता रहेकोमा ३ जना अनुपस्थित रहेका थिए । २५ जना मतदाताले निर्वाचनमा मतदान गरेका थिए । सबै मत सदर भएको थियो ।


पर्साको चारै ओटा निर्वाचन क्षेत्रको निर्बाचित क्षेत्रीय पदाधिकारीहरु , जिल्लामा गठन भएका पालिका पदाधिकारीहरु र पर्सा बाट निर्बाचित प्रदेश प्रतिनिधिहरु मतदाता रहेका थिए ।


पराजीत भएका उम्मेदवारहरु दिप राज पटेलले ९ मत प्राप्त गरे त्यस्तै मुर्ली जलानले ६ मत राम सुन्दर आर्यले ४ मत अर्का २ उम्मेदवारहरुले १/१ मत प्राप्त गरेका थिए ।

प्रदेश सदस्यको लागि भएको आन्तरिक चुनाबमा शुरुमा १४ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका थिए । सहमतीको वतावरण बनाउन छ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिए । तर अन्यले उम्मेदवारी फिर्ता नलिए पछि मतदान भएको स्रोतले जनायो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बिधान अनुरुप पार्टीको जिल्ला सम्योजक बन्न सम्बन्धित जिल्लाको निर्वाचन क्षेत्र गठित पालिका पदाधिकारी र निर्बाचित प्रदेश प्रतिनिधिहरु द्वारा प्रदेश कमिटी सदस्यमा निर्बाचित भएर आउनै पर्ने बाध्यकारी ब्यवस्था रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज महानगरको वडा नं १४ नयाँबस्तीमा टोल सुधार समितिको भेला सम्पन्न अध्यक्षमा झा सर्वसम्मत

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं १४ को नयाँबस्ती पिप्रामा रहेको टोल सुधार समितिको आइतवार सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

बयलगाडाले किचेर घाइते बरहथवाका ८ वर्षिय बालकको मृत्यु

सर्लाही ।  सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.