logo

अस्पतालमा भएको तोडफोडको घटनाको तीन दलले गरे भर्त्सना,संयमता अपनाउन अपिल

      8/9/2020 गते 00 00 मा प्रकाशित     751   पटक पढिएको


पर्सामा क्रियाशिल तीन राजनीतिकदलले आज बीरगंजको नारायणी अस्पतालमा भएको तोडफेडको घटनाको घोर 
भर्त्सना गरेका छन ।

 

कोभिड अस्पतालका इन्चार्ज डा. उदयनारायण सिंहको गाडीमा भएको तोडफोड र अस्पतालमा गरिएको ढुंगामुढाको नेकपा ,नेपाली कांग्रेस र जसपाले बिरोध गरेका छन । तीनै दलले आगामी दिनमा यस्तो घटना पुनः नदोहोर्‍याउन सम्पुर्ण नागरिकलाई अपिल समेत गरेका छन । 

 


नेकपाका पर्सा अध्यक्ष प्रभू हजरा ,नेपाली कांग्रेसका सभापति अजय कुमार द्विवेदी र जसपाका अध्यक्ष रामनरशे यादवले संयुक्त बिज्ञप्ति जारी गरि कोभिड–१९ बाट सङ्क्रमितहरुको उपचारमा डाक्टर, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाई कर्मचारी, सुरक्षाकर्मिहरु प्रत्येकरूपमा सेवा दिइरहेको सर्बबिधितनै छ । ज्यान जोखिममा राखेर दिन रात मानवजिवनको रक्षामा खटिरहनुभएका ती फ्रन्टलाइनरहरु प्रति आभार ब्यक्त गर्नु भएको छ ।  ।


त्यसैगरी करोना महामारीको नाममा अन्य प्रकृतीका विरामीहरुको उपचार नगर्ने स्वास्थ संस्थाहरुको रवैयाको समेत तीनै दलले भत्र्सना गरेका छन  ।

 

बिरामीलाई उपचार गर्न नमान्दा भएको अपूरणीय क्षतीको बिषयमा  छानबिन गरि त्यस्ता घृणित कार्यमा संलग्न स्वास्थ संस्था, अस्पताल एवम् कर्मचारीलाई कडा भन्दा कडा करवाही गर्न जिल्ला प्रशासन कार्यालय पर्सासँग जोड्दार माग गर्दछौं बिज्ञप्तिमा भनिएको छ।

 


तीनै दलले सबै अस्पतालहरुलाई अफना नियमित सेवा संचालन गरेर आवश्यक नागरिकलाई सेवा दिन समेत आग्रह गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.