logo

यौनीक अल्पसंख्यक समुदायको सवाल स्थानीय सरकारले उठाउनु पर्छः बम

      10/19/2020 गते 00 00 मा प्रकाशित     908   पटक पढिएको

सहयात्री समाजले आज सरोकारवालको समन्वय बैठक तथा दशैको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । ब्रहमचोक स्थित समाजको कार्यालयको सभाकक्षमा भएको बैठकमा समाजका पर्साका कार्यक्रम संयोजक समता बमले समाजले गर्दै आएको क्रियाकलापको बारेमा प्रकाश पार्नु भएको थियो ।

 

उहाँले मानव अधिकारका दृष्टिले पनि अधिकार बिहिन अवस्थामा रहेको यौनीक अल्पसंख्यक समुदायको पक्षमा आवाज उठाईदिन उहाँले सरोकारवालासंग अपिल गर्नु भयो ।

 

उहाँले स्थानीय सरकारले  बनाउने बजेटमा लैगिंक समावेशीताको कुरा उठेपनि आफनो समुदायकाकालागि कुनै कार्यक्रम नसमेटिएको भन्दै उहााले गुनसो गनुृ भयो ।

 

उहाँले आफनो समुदाय घर परिवार र समाज हुदै सरकारबाट समेत उपेक्षामा परेको चर्चा गर्दै मानवताको ब्यवहार गर्न समेत आग्रह गर्नु भयो । उहाँले रोजगारको अभावमा यौन ब्यवसायमा लाग्नु पर्ने अवस्थाको अन्त्यकोलागि स्थानीय सरकारले जिम्मेवारी लिनु पर्ने बमको भनाई थियो ।

 

उहाँले पेट पाल्ने नाममा यौन सवच्छन्दतामा पनि ठिक नहुने र सहयात्री समाज त्यसको पक्षमा नरहेको बताउदै खुला यौन अपिल गर्ने र त्यस्तो काममा लाग्ने जो कोहीको बिपक्षमा समाज रहेको र त्यसतालाई कारवाही गरिनु पर्न ेआफनो धारणा रहेको बताउनु भयो ।
 कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रवन्धक बसरुदिन अन्सारीले  तेस्रो लिंगी समुदायमा इमान्दारीत र केयर गर्ने सीप रहेको चर्चा गर्दै आफनो शिक्षण अस्पतालमा उनीहरुको योग्यता अनुसारको जागीर दिने प्रतिवद्धता जानउनु भयो । उहाँले दश पन्ध्र जना  मान्छेलाई जागिर दिने बताउनु भयो । 


कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरमा प्रहरी नीरिक्षक दीपक साहले आफू आइसके पछि ३९ जनालाई नियन्त्रणमा लिएर दण्डीत गरेता पनि उनीहरु फर्किएर यौन पेशामा लागेको बताउनु भयो । उहाँले समाजले पहलकदमी लिएपछि मात्र यस्तो समस्याको हल निस्किने बताउनु भयो । 


कार्यक्रममा नेपाल बीरगंज महानगरपालिका वडा नं ८ का वडाध्यक्ष राजकिशोर गुप्ताले स्थानीय सरकारले तेश्रोलिंगी समुदायलाई सघाउन तयार रहेको बताउनु भयो । उहाँले समाजको परम्परा मान्यता  र संस्कृतिको सम्मानको वतावरण बनाउन समेत तेश्रो लिंगी समुदायलाई सुझाव दिनु भयो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शत्रुघ्न नेपाल , नेपाल रेडक्रस सोसाइटी पर्साका उदय शर्मा इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछाने बीरगंज हेल्थ केयरकी मेट्रोन भूमिका अधिकारी लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.