logo

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

 ईसिमाना सम्वाददाता     २०८१ बैशाख २२ गते ०९: ०९ मा प्रकाशित     299   पटक पढिएको

निजगढ ।
मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

बाराको निजगढ नगरपालिकाको सभाहलमा शुक्रबार आयोजित अन्तरक्रियामा प्रस्तुत तथ्यांकले यस्तो देखाएको हो ।


राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सुचना केन्द्र टेकु काठमाण्डौंको आर्थिक सहयोग एवं निजगढ नगरपालिकासँगको सहकार्यमा हेल्थ नेपाल मिडियाले पाठेघर खस्ने समस्या सम्बन्धि पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा पाठेघर खस्ने कारण, यसका चरण, उपचार विधि तथा रोकथामका लागि उपनाउन सकिने उपाय साथै पछिल्लो समय देखापरेका जटिल अवस्थाका बारेमा नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जकी बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा.मञ्जु रायले जानकारी गराएकी थिइन् ।


उनले महिलाहरुमा पाठेघर खस्ने समस्या अहिले ठुलो चुनौती बनेको बताउँदै खुलेर समस्या बारे भन्न तथा उपचार गराउन समयमै अस्पताल आउनेको संख्या न्यून हुँदा धेरै महिलाहरु उच्च जोखिममा पर्ने गरेको बताइन् ।


कार्यक्रममा निजगढ नगरपालिकाले सञ्चालन गरेको उपप्रमुख महिला प्रजनन प्रवद्र्धन स्वास्थ्य क्लिनिकबाट महिलाहरु लाभान्वित भएका महिलाहरुको तथ्याँक प्रस्तुत गर्दै क्लिनिकमा हाल सम्म १०९ जना पाठेघर खसेका महिलाहरुले उपचार गराएको क्लिनिककी फोकल पर्सन रामप्यारी तिमल्सिनाले जानकारी गराइन् ।


महिलाहरुको प्रजनन सम्बन्धि सबै प्रकारको उपचार सेवा प्रदान गरिने क्लिनिकमा दुई हजार बढीले लाभ लिएको जानकारी दिंदै उनले पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि अझै यस विषयमा महिलाहरु खुलेर आउने अवस्था नरहेको अनुभव सुनाइन् ।


कार्यक्रममा मकवानपुरका जिल्ला सरकारी वकिल बिष्णु चौधरीले कानुनमा भएको महिला र स्वास्थ्यका हक अधिकार बारे जानकारी गराउँदै तीनै तहका सरकारले कार्यक्रम गरी समस्याको निराकरण गर्नु पर्ने औंल्याइन् । उनले महिला स्वास्थ्य विशेषतः आत्मसम्मानसँग जोडिएको विषय भएकोले गोपनियताको ख्याल गर्दै जनचेतनामूलक सामग्री पस्किएर संचारकर्मिहरुले प्रभावकारी भुमिका निर्वाह गर्न अनुरोध गरिन् ।


बाराका सञ्चारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा हेल्थ आवाजका कार्यकारी सम्पादक भिसा काफ्लेले सहजिकरण गरेका थिए । कार्यक्रमको समापन गर्दै निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गले पालिकाले महिलाहरुको समस्या समाधानमा काम गरी रहेको र आगामी दिनमा समेत काम गर्ने बताउँदै ति कामलाई मिडियामा ल्याएर सहयोग गरिदिन अनुरोध गरिन् ।


उनले महिलाहरुमा पाठेघर खस्ने समस्या अत्यधिक देखिएको विषयलाई जाडेर महिलाहरुको स्वास्थ्य र प्रजनन समस्या निराकरण गर्न केन्द्र सरकारको समेत ध्यान जान जरुरी रहेको बताइन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

बडहर्वा चोक बाट एकजना बेवारिसे व्यक्तिको उद्धार

वीरगंज । मानवसेवा आश्रम वीरगंज शाखाले  सोमबार दिउसो साढे दुई  बजे वारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका वडा न. १८ बडहर्वा चोक बाट  एकजना ब्यक्तिलाई उद्धार गरि आश्रममा ल्याएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.