logo

एमाले पर्साकाे अध्यक्षमा डा.शर्मा निरबिराेध निर्वाचित

 ईसिमाना सम्वाददाता     २०८१ बैशाख २० गते ०९: ३५ मा प्रकाशित     744   पटक पढिएको

बिरगंज ।नेकपा एमाले पर्साकाे नवौ जिल्ला अधिवेशनबाट विश्वम्भर शर्मा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।अध्यक्ष पदमा परेको अन्य दुई जनाको उम्मेदवारी फिर्ता भएपछि शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

 

अध्यक्ष पदमा शर्मासहित कुनाल महतो थारु र हनिफ मिँयासमेतले उम्मेदवारी दिएका थिए । अन्तिममा थारु र मियाँले मनोनयन पत्र फिर्ता लिएपछि शर्मा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।
अन्य पदहरुका लागि भने शुक्रबार (भोली) निर्वाचन हुने कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ । निर्वाचन समितिका अनुसार सहमति हुन नसकेको पदमा भोली निर्वाचन हुनेछ । अध्यक्ष पदबाहेक अधिकंश पदमा निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

 सचिवमा नवराज शर्मा र महेश दासको उम्मेदवारी परेको छ । यसैगरी उपसचिवमा रामकिशोर सिंह, इमरान हुसेन र नविजान मियाँको उम्मेलदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यसैगरी लेखा समिति अध्यक्षमा पनि निर्वाचन हुने भएको छ । सन्तोष सिंह र शिवजी गुप्ताबीच प्रतिस्पर्धा भइरहेको निर्वाचन समितिले जनायाे ।लेखा समितिको उपाध्यक्ष पदमा गोविन्द प्रताप श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.