logo

गादीको रंगपुरमा आधुनिक बजार बन्ने, पालिका प्रमुखले गरे शिलान्यास

 इसीमाना सम्बाददाता      २०८१ बैशाख १८ गते १५: ४९ मा प्रकाशित     521   पटक पढिएको

बीरगंज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ गादीको रंगपुरटाडीमा आधुनिक बजार निर्माण हुने भएको छ ।

 

बजार निर्माण वडाको गौरबको योजना भएको वडाध्यक्ष बिजय गैरेले बताए । सोही बजारको मंगलवार एक कार्यक्रमकावीच गाउँपालिका अध्यक्ष दिनेश चौधरीले शिलान्यास गरेका छन । पहिलो चरणमा १ करोड ९ लाख रुपैयाको ठेक्का लागेको वडाध्यक्ष गैरेले जानकारी दिए ।


कार्यक्रममा उपप्रमुख ममता महतो, कार्यकारी प्रमुख देवनाथ साह कार्यपालिकाका बिभिन्न शाखाका प्रमुखहरु समाजसेवी महेन्द्र चौधरी, कालकुमार बस्नेत लगायत जनप्रतिनिधि र स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा नं २ का वडाबासिको तर्फ बाट पालिका प्रमुख चौधरीलाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।


कार्यक्रमको संयोजन रंगपुर बजार समितिका अध्यक्ष जितेन्द्र गौरोका साथै समिति पदाधिकारी तथा सहयोगीहरुले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

बडहर्वा चोक बाट एकजना बेवारिसे व्यक्तिको उद्धार

वीरगंज । मानवसेवा आश्रम वीरगंज शाखाले  सोमबार दिउसो साढे दुई  बजे वारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका वडा न. १८ बडहर्वा चोक बाट  एकजना ब्यक्तिलाई उद्धार गरि आश्रममा ल्याएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.