logo

प्रतिनिधि सभा बिघठन बिरुद्ध बीरगंजमा जसपाको भब्य प्रर्दशन

      12/23/2020 गते 00 00 मा प्रकाशित     737   पटक पढिएको

प्रतिनिधिसभा विघटन विरुद्ध जनता समाजवादी पार्टीले बीरगंजमा भब्य प्रर्दशन गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरेको भन्दै जसपा पर्साले बिरोध प्रर्दशन गरेको हो ।  जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव र जगदीश पटेलको नेतृत्वमा घण्टाघरबाट सुरु भएको ¥याली नगर परिक्रमा गर्दै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।

¥यालीमा जसपाका नेता तथा कार्यकर्ताहरुले केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध चर्को नाराबाजी गरेका थिए । कोण सभामा बिघठीत प्रतिनिधि सभाका सदस्य प्रदीप यादव , पार्टीका केन्द्रीय सदस्य हरिनारायण रौनीयारले सम्बोधन गरेका थिए । 


विरोध कार्यक्रम जसपाका केन्द्रीय सदस्य राजेशमान सिँह, नेजामुदिन समानी, नेता सुरेन्द्र कुर्मी रम्भा मिश्र जसपा पर्साका अध्यक्ष रामनरेश यादव, बीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी, प्रदेशसभा सदस्य रमेश पटेल, जन्नत अन्सारी, प्रह्लाद् गिरि, करिमा बेगम, पकाहमैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया, सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवाल, विन्दवासिनि गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, पोखरिया नगरपालिकाकी उपमेयर सल्मा खातुन, कुर्मी, जगदिश पटेल, , ओमप्रकाश सर्राफ, इश्वर यादव, गौरीशंकर साह लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको तत्कालिन समाजवादी पार्टी पर्साका सचिब तबरेज अहमदले जानकारी दिनुभयो ।

 

पर्साको बीरगन्जसहित, सप्तरी सदरमुकाम राजविराज, सिराहा सदरमुकाम सिराहा, महोत्तरी सदरमुकाम जलेश्वर, सर्लाही सदरमुकाम मलंगवा, रौतहट सदरमुकाम गौर, बारा सदरमुकाम कलैयालगायतका स्थानहरुमा जसपाले सरकार विरोधी प्रदर्शन गरेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.