logo

यो सतहमा देखिए जस्तो सामान्य समस्या होइन गहिरो संकट होः नेपाली काग्रेसका युवा नेता थापा

      2/7/2021 गते 00 00 मा प्रकाशित     620   पटक पढिएको

नेपाली कांग्रेसका युवा नेता गगन थापाले काठमाण्डौमा कम्युनिष्टहरुको रमिता रहेको बताउनु भएको छ । पर्साको बगहीमा आज पार्टीले आयोजना गरेको पार्टी प्रवेश तथा आम सभामा यस्तो बताउनु भएको हो ।उहाँले काठमाण्डौको  पोलमा ठुलो पोष्टरमा प्रधानमंत्री झुण्डीनु भएको छ ।

 

त्यहाबाट भागेर सडकमा गयो भने सडकमा अर्का कम्युनिष्ट यहा छु भनेर बसेको भेटिन्छ । नेता थापाले  भन्नु भयो यो मधेशमा बनिएको उहानद “केहु हिरा चोर केहु खिरा चोर” जस्तो देखिएको बतानउु भयो ।

 

उहाँले यो सतहमा देखिए जस्तो समान्य समस्या नभएकोे चर्चा गर्दै यो गहिरो संकट भएको बताउनु भयो । यस लाई हलगर्न नसके सबैले ठुलो मुल्य चुकाउनु पर्छ उहाँले भन्नु भयो  यो संकट गहिरियो भने तपाई र म आफनै सपनाको मलामी जानु पर्छ । नेता थापाले सम्बिधान हामीले मात्र होइन सिंहदरवार बानेश्वरमा बसेका केही सासदले मात्र होइन यो निर्माण गर्नै सबैको योगदान रहेको बताउनु भयो ।

 

सम्बिधान बनेपछि तीन प्रवृति देखा परेको चर्चा गर्दै उहाँले कोही समिबधानमा सम्पूर्ण कुरा छ भन्ने कोही यसमा केही छैन भन्ने तर हामीले सम्बिधानमा धेरै छ तर धेरै छैन थप्नु पर्छ नेपाली कांग्रेसले यही भनेको छ । यो जगमा बलियो घर बनाउनु पर्छ ।

 

स्वतन्त्रता दिने आधार तय गरेको छ । आर्थिक धार्मिक सांस्कृतिक स्वतन्त्रता  दिएको छ ।  सबैलाई समान आधार दिएको छ । जन्मिदा गरिवीमा रहेको नागरिक मर्ने बेला सम्म त्यो परिर्वतन भएन भने त्यो राज्यको के अर्थ ? भन्ने प्रश्न उहाँले उठाउनु भयो ।

 

नेता थापाले यो सम्बिधानले बाराबर सम्मान पूर्वक बाँच्ने आधार दिएको बताउनु भयो । यो सम्बिधानका सिद्धान्तहरु त्यसै आएको होइन उहााले भन्नु भयो “ यो सम्बिधानमा महिला र पुरुष बराबर लेखिएको छ । तर वास्तवमा महिला पुरुष बरावर भएको छ की छैनन त्यसकोलागि प्रश्न गर्न यो सम्बिधानले प्रश्न गर्न प्रेरित गरेको छ ।उहाँले प्रधानमंत्रीको लामो सूचीमा एउटा थारु एउटा मधेशी एउटा मुस्लिम किन प्रधानमंत्री भएन भन्ने कुरामा प्रश्न गर्न प्रेरित गर्ने बताउनु भयो ।

 

उहाँले सेनापति कहिल्यै  यादव कर्मुी थारु र झा किन हुदैन भन्ने प्रश्न गर्न सम्बिधानले उत्प्रेरित गरेको छ । तर आज हामी काहा उभिएका छौ यो बिषयमा सवाल गर्नु पर्ने भएको छ । सात प्रदेश बनाउदैमा राज्यको चरित्र सोच र चिन्तनमा परिर्वतन नआउने उहाँको भनाई छ । 

 


केपी ओलीले रेल र पानी जाहाजको कुरा गर्नु भयो तर त्यसमा चढ्नेहरुका बारेमा केही बोल्नु भएन । नेता थापाले भन्नु भयो ओलीले पुष ५ गते संसद बिघठन गर्नु भयो यो संसद बिघठन होइन यो सम्बिधानको बिघठन हो । यो सम्बिधान बिघठनको  पक्षका कांग्रेस उभिन सक्दैन कांग्रेले भन्यो यो असम्बैधानिका कदम हो । नेता थापाले यसलाई रोक्न सकिएन भने अर्को पुस्ता खेर जान्छ ।

 

प्रजातान्त्रिक अधिकार प्राप्त गर्ने आन्दोलनमा धेरै पुस्ताको जमानी गएको छ । त्यसैले यो पटक गुम्न नदिन सजग रहन आग्रह गर्नु भयो । ओलीले पशुपती घुम्दै भगवान प्रतिको अस्थामा खेलवाड गर्दै हुनुहुन्छ नेता थापाले भन्नु भयो प्रदेश २ का नागरिकलाई नागरिकता नदिने तर भगवान रामलाई नागरिकता दिने पक्षमा छन ।

 

उहाँले ओलीको देशभक्तीपूणधार भूत्ते भएपछि आज धार्मिक मुद्धामा लाग्नु भएको बताउनु भयो ।  उहाँले सम्बिधानमा बहुमत प्राप्त प्रधानमंत्रीले संसद बिघठन गर्ने नपाउने ब्यवस्था गरेको छौ । अदालतले त्यही आधरमा  फैसला गर्ने बिश्वास रहेको उहाँले बताउनु् भयो  ।

 


ओलीलाई यत्रो दुष्सहास गर्ने  वतावरण कसले बनायो भन्ने प्रति प्रश्न गर्दै नेता थापाले  प्रचण्ड र माधव नेपालका कारण यस्तो भएको बताउनु भयो । उहाँले ओलीलाई दुई तिहाई पुर्याउने उपेन्द्र यादव समेत त्यसको दोषी रहेको उहाँले बताउनु भयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.