logo

बन्द हड्तालकावीच पनि सडक अतिक्रमण हटाइने

बन्द हड्तालकावीच पनि सडक अतिक्रमण हटाइने

      1/19/2017 गते 00 00 मा प्रकाशित     1554   पटक पढिएको

हेटौडा ६ माघ । डिभिजन सडक कार्यलय मकवनपुरले बिहिवार पनि सडक फराकिलो अभियान जारी राखेपछि हेटौँडाको राप्तिरोडमा सामान्य झडप भएको छ ।आन्दोलनकारी ब्यवसायी र प्रहरीबीच केही समय सामान्य झडप भएको हो । डिभिजन कार्यालयले आज बिहानबाट पुन सडक अतिक्रमण हटाउने अभियानलाई जारी राखेको छ । 

मकवानपुर उद्योग वाणिज्य संघ संयोजक रहेको हेटौँडा बसोबास संरक्षण समितिले प्रर्दशन गरिरहेको छ । डिभिजन सडक कार्यालय हेटौँडाले सडक फराकिलो अभियानलाई अन्र्तगत सडको २५ मिटर क्षेत्रभित्र पर्ने वासिन्दाको निवेदनलाई ध्यान दिँदै आफै घर तथा आफ्नो भौतिक संरचना भत्काउने निवेदन दिनेहरुको लागि १५ दिनको समय थप गरेको छ । डिभिजन कार्यालयले  सूचना जारी गर्दै  निवेदन दिनेहरुको हकमा १५ दिन सूचना दिईएको बताएको हो । डिभिजन कार्यालयले  जारी गरको सूचनाको विषयमा जानकारी दिँदै डिभिजन सडक कार्यालय हेटौँडाका प्रवक्ता जयराम अधिकारीले निवेदन दिएकाहरुको हकमा १५ दिनको समय थप गरिने भएपनि अन्यको हकमा भने त्यो नियम लागु नहुने बताए । उनले सडक फराकिलो पार्ने कामले निरन्तरता पाउने समेत बताए । सडक डिभिजन कार्यालय हेटौडाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौडा बजार सडक खण्डमा २५ मीटर भित्र पर्ने निजीघरमा डोजर चलाएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघको संयोजनमा रहेको बसोबास संरक्षण समितिले आजपनि हेटौँडा बन्दको घोषणा गरेको छ । सडक विभागले मुआब्जा नदिई  सडक विस्तार गरेको भन्दै बन्दको घोषणा गरेको हो । 

सडक ऐन नबन्दै पूर्वपश्चिम राजमार्ग बन्नु अघि नै विक्रम सम्वत २०११ साल देखि नै बसोबास गर्दै आएको एवम् नगरपालिकाले सम्पत्ति कर लिईरहेको र सडक डिभिजन कार्यालयल भन्दै आएको २५ मीटर भित्रका घरजग्गाको लालपूर्जा व्यक्ती कै नाममा रहेकोले मुआब्जा पाउनुपर्ने माग गर्दै बन्दको आब्हान गरेका बसोबास संरक्षण समतिले जनाएको छ । हिजो सांसद अनन्त पौडेल, क्षेत्रीय प्रशासक विनोद केसी, प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दवाडी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने सहितको टोलीले वार्ता गरेपनि वार्ता विफल भएपछि आन्दोलनको घोषणा गरिएको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

उता मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले भने बन्द तथा आन्दोलनको बीच पनि सडक फराकिलो पार्ने काम नरोकिने बताएका छन् ।  ब्यक्तिगत रुपमा समय मागे ब्यवसायी तथा घरधनीलाई आफै घर भत्काउने समय प्रदान गर्ने बताउँदै उनले यो वा त्यो बाहानामा सडक फराकिलो पार्ने अभियान नरोकिने बताएका हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.