logo

कवि विप्लव प्रतीकको हाइकु संग्रह ‘शाडेनफ्रोएडा’को बीरगंज लाकार्पण,

 इसीमाना सम्वाददाता     २०८१ बैशाख ३ गते ०८: ५२ मा प्रकाशित     638   पटक पढिएको

वीरगञ्ज । कवि विप्लव प्रतीकद्वारा लिखित ‘शाडेनफ्रोएडा’ नामक कृतिको “वीरगञ्ज लोकार्पण”सामेवार बीरगंजमा गरिएको छ । पाठशाला नेपाल र ज्ञानदा एकेडेमीको संयुक्त आयोजनामा लोकार्पण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

साहित्यकार तथा पाठशाला नेपालका कार्यवाहक अध्यक्ष गणेश प्रसाद लाठको अध्यक्षतामा भएको कार्यक्रममा कृतिको कार्यवाहक अध्यक्ष तथा साहित्यकार गणेश लाठले नै लोकार्पण गरेका थिए ।

कवि विप्लव प्रतीकले कृतिभित्रका केही हाइकु र कविता प्रस्तुत गरेका थिए । उनले वीरगञ्जसँगको पूरानो सम्बन्ध पनि स्मरण गरे । आफनाो लेखन यात्रा तथा कृतिका बारेमा विचार राखेका थिए ।

जर्मन भाषामा कृतिको नाम शाडेनफ्रोएडा राखिएको कवि प्रतीकको भनाइ छ । जर्मन भाषाको शाडेनफ्रोएडा को अर्थ भने अरुको पीडामा खुशी हुनु हो ।

उनकाअनुसार सबै किसिमका पिडाको अनुभूती र अपनत्व गर्ने खालको एउटै शब्द शाडेनफ्रोएडा हो । अरुको पीडामा आनन्दको भावनात्मक अनुभव लिनु नै शाडेनफ्रोएडाको अर्थ रहेको कवि प्रतीकले प्रष्ट्याए ।

कृतिको लोकार्पणसँगै कार्यक्रममा सहभागीहरुसँग अन्तरक्रिया समेत भएको थियो । इन्द्र भट्टराई , मनोज उपाध्याय, दिलीपराज कार्की,गुडी जोशी लगायतका ब्यक्तिहरुले कवि बिप्लव संग बिभिन्न जिज्ञासाहरु राखेका थिए ।

कार्यक्रममा ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाले स्वागत मन्तव्य राख्दै कवि विप्लबकै कविता सुनाएका थिए ।

कार्यक्रमलाई समापन गर्दै साहित्यकार लाठले वीरगञ्जमा साहित्यिक गतिविध बढाउनुपर्नेमा जोड दिए ।

 

वीरगञ्जका विद्यालयहरुमा साहित्यप्रति अभिूची भएका प्रतिभाहरुले प्रष्फूटन पाउनकालागि कविता, गजल, हाइकु जस्ता रचनाहरुको प्रतियोगिता आयोजना गर्नुपर्ने आवश्यक्ता औँल्याए ।


कार्यक्रममा वीरगञ्जकै लेखक गिरीश गिरी, नेपाललयका टिम लिडर किरणकृष्ण श्रेष्ठ,नेकपा एसका नेता चीरन्जीवी आचार्य, प्राध्यापक इन्द्र भट्टराई नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का डा.सुष्मा तिवारी द्विवेदी, महिला उद्यमी गुड्डी जोशी, समाजसेवी नुतन सरावगी, लगायतको सहभागिता रहेको थियो ।

नेपाललयले प्रकाशन गरेको हाइकु संग्रह ‘शाडेनफ्रोएडा’ को लोकार्पण तथा अन्तरक्रिया कार्यक्रमको सहजीकरण पाठशाला नेपालका महासचिव के.सी. लामिछानेले गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.