बीरगंज १२ चैत, पहलको पहलमा आज बीरगंजको सुख्खाबन्दरगाह आर्दशचोमा रहेको डोम बस्तीको ११ घरधुरी का १२ महीला १३ पुरुष गरी २५ जनाको स्वास्थ्य परीक्षण भएको छ । फीजीसीयन डा मनोज कुमार गुप्ताले उनीहरुको स्वास्थ्य परिक्षण गरेका हुन । स्वास्थ्य परिक्षणबाट एक जना लाई कुष्ठ रोग्,एक मा मधु मेह र दुइ जनामा बाझो पन देखिएको डा गुप्ता बताए । उक्त रोग देखा परेका लाई निशुल्क रुपमा स्वास्थ सेवा उप्लब्ध गराउन पहल गर्ने पहलका अध्यक्ष दीलीपराज कार्कीले बताए । सोही कार्यक्रममा किड्स इन नेपाल का जितु शर्मा र नतासा द्वारा त्यस बस्तीका बालबालीका लाई शिक्षा दिन टियूशन सेन्टर सुचारु गर्न आर्थीक सहयोग तथा शक्षीक सामग्री र खेलकुदको सामान पहलका अध्यक्ष दीलीपराज कार्की लाई हस्तारान्तरण गरेक छन ।
तपाईको प्रतिक्रिया