logo

उखुको समर्थन मूल्य निर्धारण ,गत वर्षभन्दा २० रुपैयाँले वृद्धि

 इसीमाना सम्वाददाता     २०८१ मंसिर १४ गते ०६: ४९ मा प्रकाशित     184   पटक पढिएको

बीरगंज  ।सरकारले यस वर्ष उखुको समर्थन मूल्य निर्धारण गरेको छ । गत वर्षभन्दा २० रुपैयाँले वृद्धि गर्दै सरकारले नयाँ मूल्य प्रतिक्विन्टल ५८५ रुपैयाँ तोकेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । उद्योगहरूले किसानलाई सोही मूल्यमा भुक्तानी दिनुपर्नेछ।

 

तर, उखु किसानलाई अनुदानस्वरूप प्रदान गरिने रकमको निर्णय भने अझै बाँकी छ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसानलाई दिइने अनुदान वृद्धि गर्नुपर्ने प्रस्ताव राखेका छन्।

 

 मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अनुदानबारे पछि टुंगो लगाइने मन्त्रिपरिषद्ले जनाएको छ।

यसअघि, सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने व्यवस्था गरेको थियो। उक्त रकम उद्योगीमार्फत किसानसम्म पु¥याउने गरिन्थ्यो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

एमालेले मधेशका ६० हजार कार्यकर्तालाई बिचारले सुसज्जीत बनाउन पार्टी स्कूल चालाउने

बर्दिवास । नेकपा एमालेले मधेश प्रदेशले बैचारिक प्रशिक्षणलाई बिशेष अभियानको रुपमा संचालन गर्ने भएको छ । पार्टी स्कूल बिभागले मधेशको बर्दिवासमा आयोजना गरेको स्कूल संचालन सम्बन्धी कार्याशालाले प्रशिक्षण अभियान संचालन गर्ने भएको हो ।

नेपालगंजमा पाँच लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ

नेपालगञ्ज ।  बाँकेमा पाँच लाख भारतीय रुपैयाँसहित एक नेपाली र अर्को भारतीय गरि दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.