logo

नेपाल भारतका सुरक्षा अधिकारीको बैठक सम्पन्न,सीमा सुरक्षालाई प्रभावकारी बनाइने

 इसीमाना सम्वाददाता     २०८१ पौष १३ गते ०९: ३९ मा प्रकाशित     59   पटक पढिएको

बीरगंज । सशस्त्र प्रहरी बल नेपाल र  नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बल बीच नियमित रुपमा हुँदै आईरहेको समन्वयात्मक बैठक महोत्तरीको बर्दीवासमा सम्पन्न भएको छ । 


सशस्त्र प्रहरी बल¸ नेपाल नं.२  छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको आयोजनामा बैठक सम्पन्न भएको हो । बैठकमा नेपालको तर्फबाट छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी  तथा भारतीय सशस्त्र सीमा बल को सेक्टर हेडक्वार्टर मुजफ्फरपुरका डिआइजी राजेश टिक्कु सेक्टर हेडक्वाटर बेतियाका डिआइजी एस.सुब्रमन्यम को सहभागिता रहेको थियो । 

कार्यक्रममा एसएसबीका    बटालियन कमाण्डेन्टहरु¸ लगायतको उपस्थिति रहेको थियो।
 
बैठकमा सीमा सुरक्षा¸ सीमा अपराध नियन्त्रण तथा रोकथाम लागूऔषध नियन्त्रण¸ सीमामा हुने अपराधिक गतिविधि नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो । 
 
कार्यक्रमले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउदै अघि बढ्न सहयोग मिल्ने नं।द्दबाहिनीले जानकारी गराएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

एनपिएल ,अनिलको अर्द्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्स लगातार विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा पनि लगातार विजयी भएको छ । कप्तान अनिलकुमार साहको अर्द्धशतकीय पारीको मद्दतले जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.