logo

सशस्त्र प्रहरीको पकहाँ मैनपुरमा स्वास्थ्य शिविर सञ्चालन, पाँच सयभन्दा धेरै जना लाभान्वित

 इसीमाना सम्बाददाता     २०८१ पौष २० गते ०६: ३५ मा प्रकाशित     217   पटक पढिएको

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर  गण हेड क्वाटर पर्साले  शनिबार पकहाँ मैनपुरमा  आयोजना गरेको स्वास्थ्य शिविरबाट  पाँच सयभन्दा धेरै सर्वसाधारणले स्वास्थ्य लाभ लिएका छन् ।


सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले जनतासँग सम्बन्ध सुधार गर्ने उद्देश्यले शनिबार पकहाँ मैनपुर गाउँपालिका–३ स्थित रामचरित्र भगवत माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरेको हो । शिविरमा ज्येष्ठ नागरिक,महिला,पुरुष तथा बालबालिकाको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो ।


सशस्त्र प्रहरी बलले प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर , पकहाँ मैनपुर गाउँपालिका, वीरगञ्ज सामुदायिक  आँखा केन्द्र, रोहित फाउण्डेसन÷क्वेष्ट फर्मासिक्टिकलको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो  ।

 

 शिविरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा,हाडजोर्नी सेवा, जनरल फिजिसियन र आँखा सम्बन्धि स्वास्थ्य सेवा उपलब्ध गराएको थियो ।


सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटरका गणपति राधेश्याम धिमालले सीमा क्षेत्रमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सीमाबासीसँग सम्बन्ध विस्तार गर्नका लागि स्वास्थ्य शिविर आयोजना गरेको जानकारी दिए  ।

 

‘‘सीमा सुरक्षामा तैनाथी रहने सशस्त्र प्रहरीले केन्द्रीय कार्यालयको निर्देशन अनुसार नै स्वास्थ्य शिविर  गरेका हौं,’’ उनले भने,‘स्वास्थ्य शिविरबाट सीमा क्षेत्रका जनता लाभान्वित हुनुभएको छ ।’


सो शिविरमा ज्येष्ठनागरिक, महिला तथा बालबालिकाको स्वास्थ्य जाँच गरेर निशुल्क रुपमा औषधी वितरण गरिएको थियो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका जनताको स्वास्थ्य  सुधार्नको लागि शिविर आयोजना गरेर सह्रायिन काम गरेको बताए ।

‘‘यस्ता शिविर आगामी दिनमा पनि निरन्तरता दिन जरुरी छ,’ उनले भने‘ यसले सशस्त्र प्रहरी र जनताबीच सम्बन्ध सुधार्न मद्दत पु¥याउनेछ ।’’

स्वास्थ्य शिविरमा  फिजिसियन डा. रविशंकर साह, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापा, हाडहोर्नी विशेषज्ञ डा. अरविन्द साह, ,नेत्र अधिकृत महेशसिंह धामीसहितका सशस्त्र प्रहरीका स्वास्थ्यकर्मीले विभिन्न खालको स्वास्थ्य सेवा उपलब्ध गराएका थिए ।


स्वास्थ्य शिविर कार्यक्रमका संयोजक दिलिपराज कार्कीले सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाई गर्ने मात्रै नभएर जनतालाई स्वास्थ्य शिविर गरेर उदाहरणीय कार्य गरेको बताए ।


‘‘सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाई मात्रै गर्दैन । जनताको स्वास्थ्यप्रति पति सचेत रहेको देखाएको छ,’ उनले भने ‘‘यस्ता खालका स्वास्थ्य शिविर निरन्तर रुपमा गर्न जरुरी हुन्छ ।

 

’ पकहाँ मैनपुर गाउँपालिका अध्यक्ष सुरेशप्रसाद मेहताले स्वास्थ्य शिविरबाट  जनताले घरदैलोमा स्वास्थ्य सेवा पाएको बताए । सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्साल,पकहाँ मैनपुर गाउँपालिकाका उपाध्यक्ष सरफुन नेशा लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.