logo

शौचालय हुनेलाई रातो टिका 

      3/18/2017 गते 00 00 मा प्रकाशित     1132   पटक पढिएको

जीतपुर ५ चैत्र । बाराको गढीमाई नगरपालिका वडा नम्बर ४ औराहाको चौधरी टोल र मेहतो टोलमा आज खुला दिसामुक्त अभियान अन्तर्गत स्थानीयरुको भेला तथा घरदैलो कार्यक्र सम्पन्न भएको छ । वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो), नगर स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति र टोल सुधार समितिको संयुक्त आयोजनामा घरदैलो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चर्पीको महत्वको बारेमा जनचेतनामूलक जानकारी गराइएको एन्फोका आर्थिक तथा प्रशासन सहायक अधिकृत अजयलाल नकर्मीले बताए  । कार्यक्रममा एन्फोका जिल्ला संयोजक केदार कोईरालाले सरसफाई सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।  । कार्यक्रममा गढीमाईनगरपालिका कार्यालयका सरसफाई अधिकृत हरिकिशोर साहले शौचालय नभएकाहरुलाई शौचालय निर्माण गर्न आग्रह गर्दै शौचालय नभएकाहरुलाई नगरपालिका कार्यालयबाट दिईने सुविधा रोका गर्ने चेतावनी दिए  । घरदैलो कार्यक्रमका क्रममा घरमा शौचालय भएकाहरुलाई रातो अविर लगाई दिएर प्रशंसा गरिएको थियो । शौचालय नभएकाहरुलाई पहेंलो अविर लगाई चैत महिनाभित्र शौचालय निर्माण गरिसक्नुपर्ने बताईएको छ । कार्यक्रममा गढीमाई नगरपालिकाका कार्यकारी अधिकृत डिल्लीराज बेलवासे, टोल सुधार समितिका पदाधिकारी र स्थानीयको सहभागिता रहेको थियो । दुवै टोलमा गरी एकसय तीस घरधुरीमा अनुगमन तथा निरीक्षण गरिएको र भोली पनि कायक्रमलाई निरन्तरता दिने बताईएको छ । भोली चमार टोल र रामवनमा अभियान गर्ने जनाइएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.