logo

ज्याला माग्दा महिला श्रमीक उपर हिंसा

      4/28/2017 गते 00 00 मा प्रकाशित     1757   पटक पढिएको

रशना ढकाल  
काठमाण्डौ १५ बैशाख ।  
मनोरन्जन क्षेत्रमा भैरहेको श्रम शोषणको विरुद्ध सरकारले नै कडा कदम चाल्नु पर्ने मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुले बताएका छन् । 
  १२८ औ अन्तराष्ट्रिय श्रम दिवसको सन्दर्भ पारेर महिलाको निम्ति महिला मञ्च नेपालले आयोजना गरेको श्रम अधिकार तथा श्रम शोषण विरुद्ध न्यायिक पहलको  कार्यक्रममा श्रमिक महिलाहरुले यस्तो बताएका हुन । 
सरकारले, श्रमिकले पाउनु पर्ने न्युनतम ज्याला ९ हजार ७ सय  तोके पनि मनोरन्जन क्षेत्रमा सरकारी नियम लागु भएको छैन ,  न्यूनतम ज्याला लागु हुनु त कता हो कता ब्यवसायीले तोकेको ज्याला माग्दा समेत महिला श्रमीकहरु हिंसामा पर्ने गरेको बताउछन । 
कार्यक्रममा श्रम कार्यालयका प्रतिनिधि शिव जि रेग्मी शर्माले मनोरन्जन क्षेत्रमा सरकारको त्यति ध्यान नगएको कारण यो समस्या उत्पन्न भएको स्विकार गरेका छन्। उनले शंशोधन भएर छलफलको लागि व्यवस्थापिका ससदमा जान लागेको श्रम ऐनमा मनोरन्जन क्षेत्रको सवाललाई प्रमुखताको साथ उठान गर्नु पर्ने मा जोड दिए । सञ्चालकबाट श्रमिक महिलाहरुमाथि श्रम शोषणका घटनाका सम्बन्धमा श्रम कार्यालयमा उजुरी दिन आग्रह गर्दै उनले श्रमिकहरुलाई न्यायका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।  फ्रान्समा पनि सरकारले न्यूनतम ज्यालाको लागि महिलाहरुलाई विभेद गरेको कुरा  नेपालको मानव बेचविखन र बैदेशिक रोजगारमा जाने महिलाहरुको अनुसन्धान गर्न आएकी   फ्रन्सकि फोटो पत्रकार लिजिले बताइन् । कार्यक्रमलाई सहयोग गर्दै आइरहेको द एशिया फाउनडेशनकी रिना पाठकले सबै श्रमिकहरु संगठित भएर आवाज उठाए मात्र अधिकार प्राप्त हुनेमा जोड दिइन  ।  
अनौपचारिक तथा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको विभिन्न सवाललाई मुद्दाको रुपमा उठान गर्दै आइरहेको महिलाको निम्ति महिला मञ्च नेपालले सन २०१३ देखि  श्रमिक महिलाहरुकै नेतृत्वमा अन्तराष्ट्रिय श्रमिक दिवस मनाउदै आइरहेको छ । 
नजिकिदै गरेको १ मई अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा महिलाको निम्ति महिला मञ्च नेपालले एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर मनाउन लागेको सस्थाका कार्यकारि निर्देशक सृजना पुनले बताइन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.