logo

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

      7/13/2017 गते 00 00 मा प्रकाशित     2178   पटक पढिएको

वीरगंज २९ असार 
स्वच्छ, सफा र हराभरा वीरगंज अभियान अन्तर्गत लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले आज ताराचन्द किशनलाल विद्यालय वीरगंजको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन विजया ओझैयाको अध्यक्षतामा सम्पन्न भएको वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका २० थान विरुवाहरु रोपिएका छन् ।
जिल्ला वन कार्यालय पर्साको सहयोगमा भएको वृक्षारोपण कार्यक्रममा लायन्स क्लबका एरिया चिफ लायन देव चौधरी एवं लायन्स क्लबकी एम्बेसडर अफ गभर्नर लायन मिनाक्षी गुप्ताले विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा राजवृक्ष, अशोक, गोल्डमोहर, निम, कल्की फुल प्रजातीका करिब २० थान विरुवाहरु रोपिएका छन् । सोही अवसरमा लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले ताराचन्द किशनलाल विद्यालयलाई २ थान पंखा र खाद्यान्न सामग्रीहरु पनि सहयोग स्वरुप हस्तान्तरण गरेको थियो । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेस विभाग प्रमुख विजय कुशवाहा, लायन्स क्लबका रिजन चेयर पर्सन लायन प्रजय हरलालका, लायन्स क्लबकी जोन चेयर पर्सन लायन रेखा वैद्य, क्लबकी प्रथम उपाध्यक्ष लायन गुड्डी जोशी, सचिव लायन मौसम भंगर, कोषाध्यक्ष लायन सपना मित्तल अग्रवाल, सदस्यहरु लायन आश्मा सिंह यादव, लायन सिर्जना ढकाल, प्रिया जोशी, विद्यालयका प्रधानाध्यापक राजन जोशी, प्रेस युनियन पर्साका कोषाध्यक्ष राम कुशवाहा लगायतका व्यक्तित्वहरुका साथै लायन्स क्लबका अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण क्लबकी सदस्य लायन सलमा खातुनले गरेकी थिइन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.